एकराज नेम्वाङ
विन्चेष्टर । बेलायतका विभिन्न स्थानमा रहेका गोर्खा भेटेरानहरुको सहयोगमा सक्रिय च्यारिटी संस्था नेपाली मद्यत समुह युकेले एक च्यारिटी कार्यक्रम आयोजना गर्यो ।
गतसाता विन्चेष्टरस्थित लाली गुरांस रेष्टुरेण्टमा आयोजित च्यारिटी कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधी लगायत विभिन्न समुदायका व्यक्तित्वहरु सहभागि थिए ।
विभिन्न समस्याहरु झेलिरहेका नेपाली बृद्धबृद्धाहरुलाई सहयोग पुर्याउने उदेश्यले स्थापना भएको नेपाली मद्यत समुहले अन्य समुदायका व्यक्तित्वहरुलाई पनि सहयोग पुर्याउने लक्ष्य अनुरुप च्यारिटी आयोजना गरेको हो । च्यारिटी कार्यक्रमबारे जानकारी दिंदैं समुहका को फाण्डर तथा को चेयर कमल बहादुर पुर्जाले संकलित रकम सहि स्थानमा सदुपयोग गरिने बताए ।
कार्यक्रममा सहयोग पुर्याउनेप्रति आभार प्रकट गर्दै पुर्जाले स्थानीय समुदायमा रहेका असाहायको सहयोगार्थ आफुहरुले च्यारिटी संकलन गरेको जानकारी दिए ।
त्यस्तै मद्यत समुहकी को-फाण्डर तथा को चेयर एमण्डा लीले कार्यक्रम सफल भएकोमा खुशी व्यक्त गर्दै सहयोगीहरुलाई धन्यवाद दिएकी थिइन ।
सो अवसरमा मन्तव्य व्यक्त मद्यत समुहका सहयोगी समाजसेवी एकराज नेम्वाङले मद्यत समुह स्थापनाकाल देखि समाजसेवामा सक्रिय रहेको बताउंदै आगामी दिनमा यसले अझै बृहत्तर रुपमा काम गर्ने बताए ।
कार्यक्रममा ह्याम्सायर क्षेत्रमा रहेका बृद्धबृद्धा लक्षित भिडियो डकुमेण्ट्री देखाइएको थियो । कार्यक्रममा स्थानीय इष्ट्ली काउन्सीलका काउन्सीलर, मोना युकेका अध्यक्ष उमेश राना, लगायत विभिन्न व्यक्तित्वहरुको सहभागिता थियो ।
सहभागिहरुले कार्यक्रममा सहभागि हुन पाउंदा आफुहरुलाई खुशी लागेको बताउंदै नेपाली मद्यत समुह युकेले समाजमा उल्लेखनीय योगदान दिएको प्रतिक्रिया दिएका थिए ।














प्रतिक्रिया