३० आश्विन २०८३, शुक्रबार

एनआरएनए अमेरिकामा नयाँ कार्यसमिति, अध्यक्षमा साह विजयी

2.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका । एनआरएनए अमेरिकाको सन् २०१९–२१ को कार्यकालका लागि सुनिलकुमार साह अध्यक्षमा विजयी भएका छन् ।

कुल खसेको ७ हजार ३ सय ५७ मतमा साहले ३७ सय ११ मत प्राप्त गरी निकटतम प्रतिद्वन्द्वीलाई फराकिलो मतले पराजित गरेका हुन् । अध्यक्षका प्रत्यासी सूर्य लम्सालले १७ सय ९७ मत प्राप्त गरेका छन् ।

अर्का उम्मेदवार सञ्जाय थापाले १५ सय ५४ मत प्राप्त गरेका छन् । वरिष्ठ उपाध्यक्षमा डा.अर्जुन बञ्जाडेले झिनो मतले जित हासिल गरेका छन् ।

महासचिवमा सियाटल निवासी पशुपति पाण्डेले विजयी भएका छन् । क्षेत्रीय उपाध्यक्षहरूमा बिआर लामा, कृष्ण जिवी पन्त, सर्वज्ञ वाग्ले र बुद्धि सुबेदी विजयी भएका छन् ।

सचिवमा अमृत कटेलले जित निकालेका छन् । कोषाध्यक्षमा नेत्रबन्धु पोखरेलले जित हासिल गरेका छन् । सहकोषाध्यक्षमा सन्तोष विष्टले जित हासिल गरेका छन् ।
महिला संयोजकमा दीक्षा बस्नेतले जित हासिल गरेकी छिन् ।

आइसीसी सदस्यमा शंकर खड्का, तृष्णा शर्मा, जेदुनाथ पोख्रेल, शिवराज पौडेल, होमनाथ गौतम र स्वराज खाती बिजयी भएका छन् ।

च्याप्टर अध्यक्षहरूमा क्यालिफोर्नियामा सुरेन्द्र मल्ल, कोलोराडोमा कुमारजंग कार्की, कनेक्टिकटमा हरिप्रसाद जोशी, आयोवामा तारा मरहठ्ठा, इलिनोइसमा लालनकुमार देव, इन्डियानामा भुपालप्रसाद भेटवाल, केंससमा फिलिप के. क्षत्री, केन्टकीमा दिलुराम पराजुली, म्यासाचुसेट्समा प्रेम तामांग, मेरिल्याण्डमाडोलनाथ घिमिरे, नर्थ क्यारोलिनामा कुलानन्द शर्मा, न्यु ह्याम्प्शायरमा डम्बर कडारिया, न्यु जर्सीमा सम्बरबहादुर बुढाथोकी, न्यु मेक्सिकोमा सुशील कनेल, न्यु योर्कमा रामहरि अधिकारी, ओरेगनमा दयारत्न शाक्य, टेक्सासमा राजेश अर्याल, भर्जिनियामा कृष्ण भण्डारी, वाशिंगटनमा गगन क्षत्री र विस्कनसिनमा तुकप्रसाद रेग्मीले नेतृत्व पाएका छन् ।
एनआरएनए अमेरिकाको यो निर्वाचन परिणामले आइसीसीको आसन्न निर्वाचनलाई समेत प्रभाव पार्ने संभावना छ ।