पोर्चुगल । विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६३ औं जन्मजयन्तीको अवसर पारेर युरोपेली मूलुक पोर्चुगलमा आज बृहत् शोभा यात्रा गरिने भएको छ ।
लिस्वनस्थित रहेको नेपाली अवैतनिक वाणिज्यदूतको कार्यालय र क्रियाशील नेपाली संघसंस्थाहरूको सकृयतामा बृहत् शोभा यात्रा हुने भएको हो ।
भगवान गौतम बुद्ध र बुद्ध भूमि नेपालको प्रचार– प्रसार गर्ने तथा बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश दिने उद्धेश्यका साथ बिदेशी भूमिमा बिशेष कार्यक्रमका साथ बुद्ध जयन्ती मनाउन लागिएको बुद्ध जयन्ती मूल समारोह समितिका संयोजक एवं पोर्चुगलका लागि अवैतनिक नेपाली वाणिज्यदूत मकर बहादुर हमालले जानकारी दिए ।
संयोजक हमालका अनुसार रोसियो स्थित काजा दि लाफोइसको हलमा मध्यान्न १२ बजे देखि बुद्धको पूजा आरधनाको कार्यक्रम गरिनेछ । भने दिनको ३ः३० बजे लिस्बन शहरको मूख्य पर्यटकीय केन्द्र रोसियोस्थित समुन्द्र किनारबाट बृहत् शोभायात्रा शुरु हुनेछ ।
नेपाली बाजागाजा, बुद्धका तस्बीर, प्लेकार्ड, बुद्ध उपदेश लिखित ब्यानर, नेपालको राष्ट्रिय झण्डा र सांस्कृतिक झाँकी सहितको शोभा यात्राले राजधानीका मुख्य पर्यटकीय क्षेत्रको परिक्रमा गर्ने कार्यक्रम रहेको वाणिज्यदूत हमालले बताए ।
शोभायात्रामा बुद्धका शान्ती सन्देश र बुद्धवाणी उपदेश गुञ्जाईने छ । यस्तै बौद्ध धर्मगुरुद्धारा भगवान गौतम बुद्धका ज्ञान, दर्शन, र उपदेशका बिषयमा प्रबचन समेत दिने कार्यक्रम रहेको छ ।
बृहत् शोभायात्रा सहित हुने पूजा, प्रबचन, प्रसाद बितरण लगायतका सम्पूर्ण कार्यक्रमको तयारी पूरा भएको वाणिज्यदूत हमालले बताए ।
शोभा यात्रामा पोर्चुगलमा रहेका नेपाली, बौद्ध धर्म गुरु, लामा, स्वदेशी तथा विदेशी बौद्ध अनुयायीहरुको सहभागिता रहने बताइएको छ । शोभा यात्रामा सहभागी भई बुद्धभूमि नेपाल र नेपालीहरुको गौरव बढाउन वाणिज्यदूत हमालले पोर्चुगलबासी नेपालीहरुलाई बिशेष आग्रह समेत गरे ।
बिदेशीहरुलाई बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश दिन र बिश्वमाझ नेपाललाई चिनाउनका लागि बिगतमा जस्तै यसपटक पनि बिशेष कार्यक्रमका साथ बुद्ध जयन्ती मनाउन लागिएको बुद्ध जयन्ती मूल समारोह समितिका सह–संयोजक एवं पोर्चुगलका लागि नेपाली पर्यटनदूत रमेशकुमार गुरुङले बताए ।
‘बिदेशीहरूमाझ अझैपनि बुद्ध भारतमा जन्मेका हुन् भन्ने भ्रम छ, यस्ता खालका भ्रम चिर्ने र नेपालको पर्यटन प्रबृद्र्धन गर्ने हाम्रो मूख्य आभप्राय हो’, पर्यटनदूत गुरुङले भने ।
















प्रतिक्रिया