२९ आश्विन २०८३, बिहिबार

अब सस्तो मूल्यमा सुनचाँदी पाउनुहोस !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gold

काठमाडौं, ३ फागुन । सुनचाँदी व्यवसायी महासङ्घको राष्ट्रिय सम्मेलनमा ग्राहकलाई सस्तो गुणस्तरीय सुनचाँदी उपलब्ध गराउन सबै पदाधिकारीले प्रतिबद्धता जनाएका छन्।

महासङ्घको राष्ट्रिय सम्मेलनले जारी गरेको छबुँदे सौराहा घोषणापत्रमा सुनचाँदी व्यवसायीहरुले मूल्य समायोजन गरी ग्राहकलाई सस्तो मूल्यमा उपलब्ध गराउने प्रतिबद्धता जनाएका हुन् । उपभोक्ता र व्यवसायीको सम्बन्ध तथा सरकारी निकायको सहयोगलाई समेटेर महासंघले घोषणापत्र जारी गरेको हो ।

सम्मेलनले २०३९ सालमा बनेको पुरानो आचारसंहितालाई परिमार्जन गरी एक महिनाभित्रमा नयाँ आचारसंहिता निर्माण गर्ने निष्कर्ष निकालेको महासङ्घका महासचिव डिएसरत्न शाक्यले जानकारी दिनुभयो ।

सम्मेलनले सुनचाँदी व्यवसायलाई समयानुकूल परिमार्जन गर्दै निर्देशिका जारी गर्न दबाब दिने निष्कर्ष समेत निकालेको छ ।

सौराहा घोषणापत्रमा सुनचाँदीको नीति र निर्देशिका जारी गर्न सरकारलाई सहयोग गर्ने, विगतको सुन वितरण प्रणाली प्रभावकारी नभएको भन्दै एकद्वार प्रणाली लागू गर्ने, सुनचाँदी एकठाउँबाट अर्को ठाउँमा लैजाँदा हुने धरपकटलाई निरुत्साहित गर्ने लगायत उल्लेख छ ।

घोषणापत्रले  सुनचाँदीको कारोवार बढाउन योजना समेत बनाएको छ । जसका लागि सरकारी सहयोग माग गर्ने निर्णय समेत गरेको छ ।