दोहा (कतार) । कतार नेपाली एकता समाज केन्द्रीय समितिका अध्यक्ष हेमन्त वाइवाको उपस्थितिमा सहलिया एरिया समितिलाई पूर्णता दिइएको छ ।
सो कायैक्रममा केन्द्रीय समितिका सदस्य लक्ष्मण कोइरालाको विषेश उपस्थिति रहेको थियो । ७ पूर्ण, १ वैकल्पिक र १ सल्लाहाकार सदस्य चयन गरिएको छ ।
पदाधिकारीहरूमा अध्यक्षको जिम्मेवारी टीकाराम बर्तौला (कैलाली)लाई दिइएको छ ।
उपाध्यक्षमा सुमन बिक (दाङ्ग), सचिवमा हरि थापा (प्यूठान), कोषाध्यक्षमा सञ्जय गिरी (दाङ्ग) रहेका छन् ।
समितिको सदस्यहरूमा यमबहादुर मल्ल (प्यूठान), दिलबहादुर घर्ती मगर (रोल्पा), रामबहादुर वली (दाङ्ग) रहेका छन् ।
वैकल्पिक सदस्यमा विनोद बुढाथोकी (खोटाङ्ग) र सल्लाहाकार मीने गिरी (प्यूठान)लाई चयन गरिएको छ ।
















प्रतिक्रिया