काठमाडौं, ३ फागुन । सुन तस्करी आरोपमा पक्राउ परेका सुनपसलेहरुलाई प्रहरीले संगठित अपराध मुद्धा चलाउने भएको छ ।
प्रहरीले सुनपसलेविरुद्ध आफै मुद्धा चलाउन लागेको हो ।
महानगरीय प्रहरी अपराध महाशाखाले गत साता अवैध सुनचाँदी र नगद सहित ५ ब्यापारी पक्राउ गरेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।
महाशाखाले बालाजी एन्ड एन्सका संचालक भारतीय नागरिक बालु जगन्नाथ धाङगे, युनाइटेड गोल्डमार्कका संचालक आकाशकुमार बज्राचार्य, संगम ज्वेलर्स चलाउँदै आएका रमेश खड्का, मामन स्टोर्सका नरेश अग्रवाल र मोरङका शिवराज श्रेष्ठलाई पक्राउ गरेको थियो ।















प्रतिक्रिया