
कतार, २७ बैशाख । कतारका लागि नेपाली राजदूत रमेशप्रसाद कोइरालाको विदाई तथा सम्मान गरिएको छ ।
नेपाली व्यवसायी संघ कतारले संघका अध्यक्ष महेन्द्र प्रसाद चौलागाईँको निवासमा रात्रीभोजको आयोजना गरि राजदूत कार्कीलाई विदाई एवं सम्मान गरेको हो ।
कार्यक्रममा राजदूत कोइरालाले सस्ंथालाई धन्यवाद दिए । उनले नेपाली व्यवसायीको हकहितका लागि संघले कतारमा राम्रो काम गरेको बताए । साथै, नेपाली उत्पादनलाई विश्वबजारमा पुर्याउन सहयोग गरेको प्रसंशा गरे ।
संस्थाका चौलागाईँले राजदूत कोइरालाले नेपालीका हित र सिंगो राष्ट्रको हितमा राम गरेको भन्दै प्रसंशा गरे । राजदूत कोइरालाको कतार बसाई कतारी भूमिमा रहेका नेपालीका लागि निकै राम्रो र सौहार्दपूर्ण भएको अध्यक्ष चौलागाईँले उल्लेख गरे ।















प्रतिक्रिया