काठमाडौं, २७ वैशाख । बादल लागेको छैन, त्यसैले पानी पर्ने कुनै छाँट पनि छैन । हिउँद नभएकाले कुहिरोको सम्भावना पनि छैन । तर पनि यतिबेला राजधानीको आकाश सफा छैन । गोरखापत्र दैनिकले समाचार लेखेको छ ।
केही दिन अघि पानी प¥यो, आकाश खुलेर नीलो थियो । तर अहिले रातो र घुर्मैलो रङ मिसिएको तुवाँलोले भरिएजस्तो देखिन्छ । ‘सडकमा धूलो नउडे पनि अनुहार र नाकमा धूलो परेजस्तो लाग्दैछ’, बटुवा रमिता सुवेदीले भनिन, ‘दिउँसो केही समय तातो हुन्छ तर साँझ बिहान चिसो महसुस गर्छु ।’
भारतको राजस्थानबाट आएको हुरीको परिणामले राजधानीको आकाश र मौसम धूलोले भरिएकोे मौसमविद् राजु प्रधानाङ्ग बताउँछन् ।
‘थार मरुभूमिमा यतिबेला बालुवाको धूलोसहितको ठूलो हुरी चलिरहेको छ’, उनले थपे, ‘चर्किदो घामसँगै बलौटे माटो हुरीसँगै उड्ने गर्छ ।’















प्रतिक्रिया