७ कार्तिक २०८३, शनिबार

पाँचतारे होटेलमा राख्नुपर्ने चालक दलका सदस्यलाई चारतारेमा

27.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ वैशाख । निगमको कार्यविधिमा अन्तर्राष्ट्रिय उडानमा चालकदलका सदस्यलाई कम्तीमा पाँचतारे होटेलमा राख्नुपर्ने उल्लेख छ । तर, निगमले दुबईमा चारतारे होटेलमा चालकदलका सदस्यलाई राख्ने सम्झौता गरेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

निगमको आर्थिक विनियमावलीमा शिलबन्दी दरभाउपत्र माग गरी न्यूनतम अंक कबोल गर्ने होटेल छनोट गर्नुपर्ने व्यवस्था छ । नायब महाप्रबन्धकको स्वीकृतिमा अपरेसन्स विभागले बढीमा तीन वर्षका लागि होटेलको सम्झौता गर्छ ।

प्रकाशित सूचनाबमोजिम प्राप्त चारवटा दरखास्तमध्ये हिल्टन गार्डेन इन (चारतारे होटेल) सँग निगमले ३० डिसेम्बर २०१८ मा सम्झौता गरेको थियो ।

यसमा अपरेसन्स विभागका निर्देशक रवीन्द्रकुमार शेरचनले हस्ताक्षर गरेका छन् । मिलेमतोमा सम्झौता गरी आर्थिक हिनामिना गरेको भन्दै सतर्कताले सम्झौतामा संलग्नमाथि कारबाही गर्न सुझाएको छ ।

त्यस्तै, मलेसियाको क्वालालम्पुरमा चालकदलका सदस्यको आवास व्यवस्थापनका लागि सम्झौता गर्दा पनि अनियमितता भएको सर्तकताको ठहर छ । सेरी प्यासिफिक होटेल क्वालालम्पुरसँग निगमले १ अगस्ट २०१७ देखि ३१ जुलाई २०१९ सम्म दुई वर्षका लागि सम्झौता गरेको थियो ।

सम्झौतामा होटेलले ३१ जुलाई २०१७ मै हस्ताक्षर गरेको देखिन्छ । तर, निगमले भने १६ महिनापछि ११ नोभेम्बर २०१८ मा हस्ताक्षर गरेको छ । अपरेसन्स विभागले सम्झौता गर्नुपर्ने व्यवस्थाविपरीत सम्झौतामा लाइन पाइलटमा कायम रहेका वरिष्ठ क्याप्टेन सुवास रिजालले हस्ताक्षर गरेका छन् ।

रिजाल त्यसअघि २५ सेप्टेम्बर २०१८ मै विभागको कायममुकायम निर्देशकको जिम्मेवारीबाट हटेर लाइन पाइलटमा कायम थिए । पदको दुरुपयोग गरी विभागको निर्देशककै हैसियतमा रिजालले सम्झौतामा हस्ताक्षर गरेका थिए । सतर्कताले रिजालमाथि कारबाही गर्न सुझाएको छ ।