७ कार्तिक २०८३, शनिबार

क्यासिनोमा हुण्डी, डिस्कोमा कोकिन

10k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ वैशाख । पछिल्लो समय नेपालका क्यासिनोहरूमा नेपाली प्रबेशलाई कडाई गरिएको छ । जनप्रहार साप्ताहिकले समाचार छापेको छ । तर केही क्यासिनोले भने नेपाली नागरीकलाई पनि भारतिर नक्कली कार्ड बनाएर खेलाउँदै आएका छन् ।

काठमाडौं प्रहरीलाई यस्ता कुराको जानकारी भए पनि राजनीतिक दबाबको कारण कानुनी दायरामा ल्याउन भने सकेको छैन । पछिल्लो समय क्यासिनोबाटै हुण्डीको धन्दा समेत हुने गरेको छ ।

नेपाली जुवाडेको सुबिधालाई मध्य नजर गर्दै सोल्टी होटलमा रहेको क्यासिनो माजोङले यस्तो धन्दा सुरु गरेको हो । बिदेशमा जुवा खेल्न जाने नेपाली जुवाडेलाई होस् वा बिदेशबाट नेपालमा जुवा खेल्न आउने जुवाडे क्यासिनो माजोङले पैसाको व्यवस्थापन गर्दै आएको छ ।

बिषेश गरी माजोँङले दिल्लीबाट नेपाल जुवा खेल्न आउनेलाई दिल्लीको लास्पद नगरमा अफिस खोलेरै पौसा कलेक्शन गर्ने र जुवा जित्नेलाई उतै पैसा उपलब्ध गराउँदै आएको छ ।

जसको कारण क्यासिनोले कति पैसा जित्यो कति हा-यो भन्ने रेकर्ड कतै हुँदैन । यति यो पैसाको बैकिङ कारोबार हुने हो भने देशलाई करोडौं रुपैंयाको राजश्व जम्मा हुन्थ्यो भने अबैध पैसाको कारोबारमा पनि बन्देज हुन्थ्यो ।

यति मात्र होईन माजोङ क्यासिनोले जुवा खेल्न बिदेश जाने नेपालीको पैसाको समेत बन्दोबस्ती मिलाउँदै आएको छ । बिषेश गरी सिक्किम जुवा खेल्न जाने जुवाडेको पैसा क्यासिनो माजोङमै जम्मा हुने गरेको छ ।

माजोङमा पैसा जम्मा भएपछि सिक्कीममा रहेको क्यासिनो माजोङलेले जुवा खेल्न निस्केको जुवाडेलाई झापाको भद्रपूरसम्मको टिकट र भद्रपुर बिमानस्थलबाट सिक्कीमसम्मको गाडीको व्यवस्थापन गर्दै आएको छ ।

नेपाली जुवाडेलाई सिक्कीमसम्म पु-याउन क्यासिनो माजोङले नेपालमा सोल्टी होटलमा रहेको क्यासिनो माजोङ र झापा काँकडभित्ताका सजित तमाङलाई एजेण्डका रुपमा नियुक्ति गरेको हो ।

काठमाडौंबाट गएका जुवाडेलाई झापा बिमानस्थलबाट तामाङले आफ्नै गाडीमा हालेर सिक्किम पु-याउँदै आएका छन् । जुवाडेलाई आसोर पसार गर्न तमाङले भारतीय नम्बर प्लेटका दश वटा गाडी खरिद गरी राखेका छन् । तमाङले गाडीको बाटो गएका जुवाडेको पैसा समेत आफै बुझ्दै आएका छन् ।

उक्त पैसा हारेको खण्डमा यो समूहलाई क्यासिनोले १० प्रतिशत कमिशन दिँदै आएको छ । तमाङको काँकडभित्तामा आशाम होटल र आशमकै नामबाट सोही होटलमा मनीचेन्जर छन् । उक्त मनीचेन्जरबाट हुण्डीको कारोबार समेत हुँदै आएको छ ।

तमाङले सिक्कीमको माजोङ क्यासिनोलाई चाहिने मदिरासमेत झापाबाटै तस्करी गर्दै आएका छन् । सिक्कीममा मदिराको कारोबारमा कडाई गरेपछि तमाङको यो व्यवसाय समेत फस्टाएको छ ।

उनले सक्कली ब्ल्याक लेबल र रेड लेवल भन्दै झापामै नक्कली मदिरा निमार्ण गरेर सिक्कीमको रम्फूको प्रहरी समेत सेटिङ गरेर माजोङमा तस्करी गर्दै आएको उनका निकट बताउँछन् ।

उता सोल्टी होटलमा रहेका क्यासिनो माजोङका मालिक समेत रहेका बिनोद श्रेष्ठले पाटनका जुवाडे गोपाल मर्हजनलाई पटक–पटक गरेर दश करोड क्यासिनोमा हराई अहिले घर न घाटको बनाएका छन् ।

घरमै गाडी लिन पठाउँने, क्यासिनोका महिला कर्मचारीलाई फोन गर्न लगाउने तथा बिभिन्न प्रलोभन पारेर श्रेष्ठले उनलाई घर न घाटको बनाएका हुन । क्यासिनोमा लुटेको सम्पत्तीले नपुगेर अहिले श्रेष्ठले डिस्कोको नाममा ट्रान्स पार्टी सञ्चालन गर्दै आएका छन् ।

स्रोतका अनुसार क्यासिनो रहेको भबनमा सञ्चालन हुदै आएको प्रभेज डिस्कोमा अहिले कोकिनको कारोबार हुँदै आएको छ । डिस्को हङकङका जोन लगायत चार जनाले सञ्चालन गरे पनि यसका मुख्य पात्र भने बिनोद श्रेष्ठ हुन् ।

उनको उक्त डिस्कोबाट कोकीन जस्ता महंगो लागूआषैधको कारोबार हुने गरे पनि प्रहरी भने बेखबर छ । पछिल्लो समय श्रेष्ठले व्यापारको नाममा क्यासिनो र डिस्कोलाई अबैध धन्दा गराउने सुरक्षीत माध्यमको रुपमा लिएका छन् ।