७ कार्तिक २०८३, शनिबार

ओमानमा रोजगारीमा जाँदा पैसा नलाग्ने

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ वैशाख । ओमानमा नेपाली कामदार निःशुल्क जान पाउने भएका छन् । सम्पूर्ण खर्च रोजगारदाताले व्यहोर्ने गरी नेपाल र ओमानबीच सहमति जुटेको छ । सहमति जुटेसँगै ओमानसँग पहिलोपटक श्रम सम्झौता हुन लागेको हो । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेका अनुसार ओमान जाने कामदारले सेवाशुल्कलगायत कुनै पनि तिर्नुपर्ने छैन ।

भिसा, शुल्क, टिकट, बीमा, स्वास्थ्य परीक्षण खर्च रोजगारदाताले नै व्यहोर्नेछन् । बिरामी भए औषधि उपचारसमेत रोजगारदाताले व्यहोर्नेछन् ।

विवाद, मुद्दामामिला भएमा पनि कामदारले निःशुल्क कानूनी सहायता पाउनेछन् ।