काठमाडौं, २१ वैशाख । हुम्ला जिल्लाको ताँजाकोटमा फैलिएको रोग मौसमी रुघाखोकी (इन्फ्लूएन्जा) भएको पुष्टि भएको छ ।
केन्द्रीय प्रयोगशाला काठमाडौं टेकुमा ५ जना बिरामीको खकारको नमूना परीक्षणपछि इन्फ्लूएन्जा पुष्टि भएको हो ।
यो छिटो फैलिने प्रकारको मौसमी रुघाखोकी भएको प्रभावित क्षेत्रमा खटिएका डाक्टर केएन पौडेलले बताए । उनले हुम्लामा बालबालिका र वृद्धवृद्धाको ज्यान जानुको कारण पनि इन्फ्लूएन्जा भएको जानकारी दिए ।
चैत अन्तिम हप्तादेखि शुरू भएको रोगबाट हुम्लाको ताँजाकोटमा १० जनाको ज्यान गएको थियो भने झण्डै २ सय जना बिरामी भएका थिए ।
गाउँमा फैलिएको रोग नियन्त्रणमा आइसकेको र बिरामीलाई एन्टिभाइरल औषधि प्रयोग गरिएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख बृशबहादुर शाहीले बताए ।















प्रतिक्रिया