१ कार्तिक २०८३, आइतबार

नेपालमा कन्डमको अत्याधिक खपत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

condomकाठमाडौं, २ फागुन । नेपालमा एक वर्षमा पाँच करोडभन्दा बढी संख्यामा कन्डम खपत हुने गरेको पाइएको छ ।

पछिल्लो समय यौनसम्बन्धी विभिन्न रोग र एचआइभी एड्सजस्ता रोगको संक्रमणका विषयमा जनचेतना बढेका कारण कन्डम प्रयोगकर्ताको संख्या बढ्दै गएको हो ।

सरकारले प्रत्येक वर्ष साढे दुई करोड कन्डम निःशुल्क वितरण गर्दै आएको त्यस्तै निजी क्षेत्रबाट पनि त्यतिनै संख्यामा बिक्री हुने गरेको एक सर्वेक्षणले देखाएको छ ।

देशका प्रमुख छ सहरमा युनाइटेड नेसनल पपुलेसन फन्डले कन्डमको प्रयोगबारे अध्ययन गरेको राजधानी दैनिकले छापेको छ ।

कन्डम प्रयोग गर्नेको संख्या बढे पनि गुणस्तरीयता भने प्रयोगकर्ताले ख्याल नगरेको पाइएको सर्वेक्षणमा उल्लेख गरिएको छ।

फन्डले काठमाडौं, पोखरा, नेपालगन्ज, महेन्द्रनगर, बुटवल, जनकपुर र विराटनगरमा अध्ययन गरेको थियो ।