काठमाडौं, २ माघ । नेपाली युवती भारतका कोठीमा बेचिने क्रम अहिले कम भएको छ ।
नेपाली चेलीहरु आधुनिक तरिकाबाट खुलेका कोठीमा बेचिन थालेका छन् ।
काठमाडौंमा मसाज सेन्टर बन्द भएपछि काठमाडौंमा फ्ल्याट भाडामा लिएर यौन व्यवसाय सञ्चालन हुने गरेको रक्षा नेपालकी मेनुका थापाले बताएकी छिन् ।
‘युवतीलाई बन्धक बनाएर वेश्यावृत्तिमा लगाइने गरिएको छ,’ उनले भनिन् ‘चेलिबेटी बेचबिखनको यो नयाँ शैलीप्रति कसैले चासो दिएको छैन् ।’
यस्ता फ्ल्याटमा जुवादेखि मदिरासम्मको सुविधा हुने गर्छ ।
त्यहीबाट युवतीहरु होम सर्भिसका रुपमा पठाउने काम पनि हुने गरेको छ ।
यस्तो व्यवसायका सञ्चालक प्राय महिला नै हुने गर्छन् ।
गाउँका सोझा र कमजोर आर्थिक अवस्थाका युवतीलाई यस्ता अखडामा बिक्री गर्ने गरिएको थापाले बनाइन् ।
चेलीबेटी बेचबिखन र यौन व्यवसायविरुद्ध लड्दै आएको माइती नेपालका निर्देशक विश्व खड्काले कोठीका रुपमा राजधानीमा युवतीको किनबेच र यौन व्यवसाय सुरु भएको बताएको नयाँ पत्रिका दैनिकले छापेको छ ।
‘आजभोलि विभिन्न ठाउँमा घर भाडामा लिएर कोठी सञ्चालन हुन थालेका छन्, तर निगरानी गर्ने को हो’, उनले भने ।
माइती नेपालले राजधानको डान्सबारलगायतका क्षेत्रमा जबर्जस्ती यौन व्यवसायमा लगाइएका १९ युवतीलाई उद्दार गरेर पढाउने र सीपमुलक तालिम दिने काम गरिरहेको निर्देशक खड्काले बताए ।















प्रतिक्रिया