काठमाडौ, २ फागुन । मुलुकमा नियन्त्रित पहुच अन्तर्गत विशिष्ट प्रकारको परीक्षणहरु गर्ने प्रयोगशाला अभावले अति संक्रामक जिवाणुको परीक्षणको लागि विदेश पठाउनुपर्ने वाध्यता हटने भएको छ ।
विश्व स्वास्थ्य संगठनले मुलुकको पहिलो वायो सेफटी लेभेल – ३ विएसएल – ३ प्रयोगशाला प्रमाणीकरण गरेपछि संक्रामक रोगको नमुना विदेश पठाउनु पर्ने वाध्यता हट्ने भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला अन्तर्गतको यो प्रयोगशालामा अत्यन्त उच्च संक्रामक रोगहरुको परिक्षण, अध्ययन अनुसन्धान गर्न सकिन्छ ।
हाल सम्म पोलियो भए नभएको किटान गर्न दिसाको नमुना थाइलैण्ड पठाउनु पर्छ भने विश्व भरी आतंक मच्चाउको इवोलाको शंकास्पद विरामी देखिए त्यसको परिक्षण मुलुकमा हुन सक्दैन ।
‘किट उपलब्ध भयो भने विएसएल ३ प्रयोगशालामा हामी इवोला परिक्षणसमेत गर्न सक्छौ’, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला की निर्देशक डा.गिता शाक्य भन्छिन, ‘भविष्यमा कुन संक्रामक रोग मुलुकमा आउला थाहा छैन तर यो प्रयोगशालाले हामीलाइ रोग पहिचान लगायतका प्रकृयामा सघाउछ ।’
यो प्रयोगशालाको आन्तरिक सुरक्षा अन्तर्गत तिन तहको ुडिजिटलु, नियन्त्रण प्रवेश द्वार रहेको कान्तिपुर दैनिकले छापेको छ ।
डा.शाक्यको अनुसार प्रयोगशालामा सिसिटिभी, अलार्म, टेलिफोन आदि जडान गरिएको छ ।
प्रयोगशालामा उच्च जैविक सुरक्षाको समेत अति विशेष ध्यान दिइएको छ ।
प्रयोगशालाको प्राविधिकहरुको लागि व्यक्तिगत सुरक्षा उपकरण, स्वास प्रस्वास यनत्र, आदिको समेत व्यवस्था गरिएको छ ।
‘यो प्रयोगशालाले वैज्ञानिक र वातावरणलाइ हुन सक्ने संक्रमणको जोखिमवाट जोगाउछ’, डा.शाक्य भन्छिन, ‘प्रयोगशालाको कडा सुरक्षा प्रणालीले कुनै पनि रोगका जिवाणुलाइृ वातावरणमा फैलिनवाट समेत रोक्छ ।’
वर्ड फलु, कोरोना भाइरस, निपा, वेस्ट निल भाइरस जस्ता महामारी फैलाउन सक्ने जिवाणुको छोटो समयमा पहिचान र यकिन विएसएल- ३ प्रयोगशालावाट गर्न सकिन्छ ।
‘राष्ट्रिय सुरक्षा संग सम्वद्घ कुरा हुने भएकोले यो प्रयोगशालामा काम गर्ने व्यक्ति स्थायी हुनु पर्ने मान्यता छ’, स्वास्थ्य मन्त्री खगराज अधिकारीले केहि वर्ष मै यस भन्दा समेत उच्च स्तरको विएसएल ४ प्रयोगशाला समेत निर्माण गरिने बताए ।
विएसएल ३ प्रयोगशालाको वाषिर्क संञ्चालन खर्च करिव एक करोड अनुमान गरिएको छ ।
यो प्रयोगशालालाई आफनो गुणस्तर कायम राख्न सर्व स्विकृत प्रोटोकोललाई पालना गर्नु पर्छ ।
हरेक तिन वर्षमा अन्तर्राष्टिय निकायवाट यो प्रयोगशालाको प्रमाणिकरण गर्नु पर्छु, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.सेनेन्द्र राज उप्रेतीका अनुसार गुणस्तर कायम नराखे यो प्रयोगशाला विएसएल २ प्रयोगशालाको स्तरमा झर्ने छ ।















प्रतिक्रिया