२९ आश्विन २०८३, बिहिबार

कञ्चनपुरमा सदूरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला शुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चिकेन परिकार र अष्ट्रिच चरा मेलाका मुख्य आकर्षण

mahotsab-opening

-मोहन विष्ट

महेन्द्रनगर १ फागुन । घरेलु उद्योग व्यवसायको प्रवद्र्धनका लागि कञ्चनपुरमा शुक्रबारदेखि सदरमुकाम महेन्द्रनगरमा दोस्रो सुदूरपश्चिमाञ्चल औद्योगिक व्यपार मेला २०७१ शुरु भएको छ ।

नेपाल उद्योग परिसंघ कञ्चनपुर–कैलाली च्याप्टरको आयोजनामा महेन्द्रनगरको खुल्लामञ्चमा सुदूरपश्चिमाञ्चल औद्योगिक व्यपार मेला शुरु भएको हो । मेलाको उद्घाटन पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले गर्नुभयो । उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री चन्दले मेलाले सुदूरको औद्योगिक विकास संगै यहाँको लोक संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

उद्घाटनमा नेपाल उद्योग परिसंघ कञ्चनपुर–कैलाली च्याप्टरका अध्यक्ष तथा मेला संयोजक हेम बिक्रम थापाले सुदूरको औद्योगिक विकासका लागि मेला आयोजना गरिएको जानारी दिनुभयो । सुदूरमा औद्योगिक विकासका थुप्रै सम्भावना भएपनि राज्यले ध्यान नदिदा यहाँको औद्योगिक विकास नभएको बताए ।

संयोजक थापका अनुसार स्थानीय क्षेत्रका उद्योगी व्यवसायीहरुलाई संगठित गरी सुदूरपश्चिममा औद्योगिक एवम् आर्थिक विकासका लागि रोजगारी सिर्जना गर्नुका साथै स्वदेशी उत्पादनको प्रचारप्रसार एवम् प्रबद्र्धन गर्ने उद्देश्यले दोस्रो पटक क्षेत्रीय स्तरको मेला आयोजना गर्न लागिएको हो ।

उद्योगी व्यवसायीको हकहित संरक्षण, व्यवसाय प्रबद्र्धन तथा औद्योगिक लगानी मैत्री वातावरण सिर्जना गराउन नेपाल सरकार एंव सम्बन्धित निकायसाग सहकार्य गरेर मेला आयोजना गर्न लागेको नेपाल उद्योग परिसंघका अध्यक्ष थापाले बताउनुभयो ।

मेलाले सुदूरपश्चिमको पर्यटकीय तथा औद्योगिक क्षेत्रको विकास र स्वदेशी उद्योगको बजार प्रवद्र्धन गर्न सहयोग हुने आयोजकको विश्वास छ । हस्तकलाका सामग्री, कृषि उत्पादन, वैकल्पिक उर्जा, लगायतका स्टल प्रदर्शनीमा राखिएका छन् । बिभिन्न प्रकारका खाना, ब्यापारिक स्टलहरु, विभिन्न साँस्कृतिक कार्यक्रम मेलामा राखिएकका छन् ।

यस वर्ष मेला अवलोकन संरचना पनि फरक बनाईएको छ । टिकेट स्थानबाटै मेला अवलोकनका लागि दर्शकले भित्र जाने व्यवस्था मिलाईएको छ ।

मेलामा चिकेन परिकार र अष्ट्रिच चरा मेलाका मुख्य आकर्षण हुने छन् । राष्ट्रिय, स्थानिय कलाकारहरुको समेत विशेष प्रस्तुती रहनेछ ।
मेला अवलोकनका लागि साधारण तर्फ रु.४० र विद्यार्थी सहुलियत रु.२० टिकेको व्यवस्था गरेको छ ।

सुदूरपश्चिमको मौलिक खाना, लोक संस्कृति झल्कने खालका प्रस्तुतीहरु समेत प्रर्दशन गरिने छन् । मेलामा ५ करोड बराबरको कारोबार हुने र झण्डै ढेड लाखले अवलोकन गर्ने आयोजकले अनुमान गरेको छ ११ गतेसम्म हुने ‘टकिङ बिजनेस, टकिङ चेन्ज’ मूल नाराका लिईएको छ ।