– नारायण पाण्डे
टोकियो, जापान । आफ्नो देशमा द्वन्द्व, संकलकालका कारण अर्को देशमा गएर शरण लिने त जुनसुकै देशका नागरिकले गर्छन् । तर नेपालमा अहिलेको परिस्थितिमा न कुनै द्वन्द्व छ, न त देशमा संकटकाल नै छ । यस्तो परिस्थितिमा पनि जापानमा शरणार्थीका रुपमा बस्ने नेपालीहरुको संख्या दिन प्रतिदिन बढ्दैछ। जापानमा रहेका शरणार्थीमध्ये सबैभन्दा बढी नेपालीहरुको संख्या रहेको जापानको अध्यागमन विभागले जानकारी दिएको छ ।
पछिल्लोपटक शरणार्थी बनेकामध्ये अधिकांश विद्यार्थी भिषामा भित्रिएका युवाहरु पर्छन् ।
किन शरणार्थी बन्छन् युवा ?
नेपालका एजुकेशन कन्सल्टेन्सीले ठूला ठूला सपना देखाएपनि जापानको अवस्था अर्कै छ । विद्यार्थीले जापान आउँदा कम्तीमा १२ देखि १५ लाख तिरेर आउनुपर्छ । तर विद्यार्थीहरूलाई जापान सरकारले हप्ताको २८ घण्टा मात्रै बैधानिक रूपमा काम गर्न छुट दिएको छ । २८ घण्टा काम गरेर जापानको महंगीमा विद्यार्थीलाई आफू टिक्न नै मुश्किल पर्छ ।
अझ १५ लाखसम्म ऋण काडेर नेपालबाट जापान पुग्ने विद्यार्थीहरूलाई अबैधानिक रूपमा गर्नुपर्ने बाध्यता आइपर्छ । धेरै घण्टा काम गरेको कारण देखाउँदै अध्यागमनले अहिले धेरै नेपाली विद्यार्थीको भिषा रद्द गरिदिएको छ । मर्नु भन्दा बहुलाऊनु ठीक भनेझै नेपालीहरू धमाधम शरणार्थी बनिरहेका छन् । किनकी शरणार्थी भिसा भएकाहरूले जापानमा वैधानिक रूपमै काम गर्न पाउने व्यवस्था छ । सन् २०१४ मा मात्रै करिब ५ हजार विदेशीले जापानमा शरणार्थी भिसाका लागि आवेदन दिएकोमा सबैभन्दा बढी नेपाली रहेको अध्यागमन विभागले जनाएको छ ।
अघिल्ला वर्षको तुलनामा यो पाँच गुणाले बढेको समेत जनाइएको छ । यसरी नेपाली विद्यार्थी शरणार्थी भिषामा बाहिर जाँदा देशकै बेइज्जत हुने विश्लेषकहरु बताउँछन् ।
















प्रतिक्रिया