७ कार्तिक २०८३, शनिबार

बालुवाटारभित्रको सरकारी जग्गा अझै पनि व्यक्तिको नाममा

616
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ वैशाख । प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासभित्रको जग्गा कांग्रेस संस्थापक नेता सुवर्णशमशेर राणाका हकदारका नाममा रहको पाइएको छ ।

३४ रोपनी १३ आना २ पैसामा फैलिएको प्रधानमन्त्री निवासभित्रको ३ रोपनी १० आना र १४ रोपनी १० आनामा रहेको प्रधानन्यायाधीश निवासभित्रको २ रोपनी १४ आना जग्गा व्यक्तिको नाममा दर्ता छ ।

अख्तियारको प्रारम्भिक छानबिनका क्रममा त्यो जग्गा सुवर्णशमशेरका हकदार रुक्मशमशेर, सुनीति राणा र शैलजा राणाका नाममा दर्ता रहेको पाइएको हो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

जग्गा २०२१ सालमा सरकारले प्रतिरोपनी ५ हजार रुपियाँका दरले मुआब्जा दिई कानूनबमोजिम अधिग्रहण गरको २८४ रोपनी १४ आना ३ दाम क्षेत्रफलभित्रै पर्छ ।