७ कार्तिक २०८३, शनिबार

शिक्षामन्त्री गिरिराजमणि पोखरेलविरुद्ध आफ्नै दलका पूर्वमन्त्रीले दिए झट्का लाग्ने टिप्पणी

3.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ वैशाख । पूर्वशिक्षामन्त्री धनीराम (डीआर) पौडेलले आफ्नै पार्टीका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलविरुद्ध सामाजिक सञ्जाल (फेसबुक)मार्फत् कटाक्ष गरेका छन् । नेपाल समाचारपत्र दैनिकले खबर छापेको छ ।

यही वैशाख ११ र हिजो १२ गते भक्तपुरको बोडेमा सार्वजनिक विद्यालय सुधारका लागि आयोजना गरिएका राष्ट्रिय सम्मेलन उपलब्धिहीन भएको अधिकांशको आरोप भइरहेका बेला पूर्वमन्त्री पौडेलको पनि यस्तो स्टाटस आएको हो ।

बहालवाला मन्त्रीको क्रियाकलापप्रति आक्रोश पोख्दै उहाँले लेख्नुभएको स्टाटसमा भनिएको छ, ‘सार्वजनिक विद्यालयको रुपान्तरण, सबलीकरण, सशक्तीकरण र सुदृढीकरण नीति, विधि, योजना र कार्यक्रमबाट हुने हो कि सम्मेलन र भेलाले हुने हो ?’