– नारायण पाण्डे
टोकियो, जापान । आफ्नो देशमा द्वन्द्व, संकलकालका कारण अर्को देशमा गएर शरण लिने त जुनसुकै देशका नागरिकले गर्छन् ।
तर नेपालमा अहिलेको परिस्थितिमा न कुनै द्वन्द्व नै छ । न त देशमा संकटकाल नै छ । यस्तो परिस्थितिमा पनि जापानमा नेपालीहरू शरणार्थीमा जानेहरू दिन प्रतिदिन बढ्दै छन् । जापानमा जाने सबैभन्दा बढी शरणार्थी नेपालीहरु आएको अध्यागमन विभागले जानकारी दिएको छ ।
अहिलेको परिस्थितिमा शरणार्थीमा जानेहरूमा विद्यार्थी भिषामा जापान आउनेहरू छन् । विधार्थीले जापान आऊदा १२/१५ लाख ऋण लिएर वा घर जग्गा नै धितोमा राखेर आएका हुन्छन् ।
तर विधार्थीहरूलाई जापान सरकारले हप्ताको २८ घण्टा मात्रै बैधानिक रूपमा काम गर्न दिएको हुन्छ । जुन २८ घण्टाले विधार्थीको जीवनमा असम्व छ ।
१२/१५ लाखको ऋण तिर्नुपर्ने विद्यार्थीहरूले अबैधानिक रूपमा पनि काम गर्नुपर्ने बाध्यता जसको कारण भिषा थप गर्ने क्रममा काम धेरै भएको कारण देखाऊदै ईमिग्रेसनले भिषा रद्द गरिदिन्छ । मर्नु भन्दा बहुलाऊनु ठीक भनेझै नेपालीहरू धमाधम शरणार्थी भिषामा जापान गईरहेका छन् ।
शरणार्थी भिसा भएकाहरूले जापानमा वैधानिक रूपमै काम गर्न पाउने व्यवस्था छ । सन् २०१४मा मात्रै करिब ५ हजार विदेशीले जापानमा शरणार्थी भिसाका लागि आवेदन दिएकोमा सबैभन्दा बढी नेपाली रहेको अध्यागमन विभागले जनाएको छ ।
अघिल्ला वर्षको तुलनामा यो पाँच गुणाले बढेको समेत जनाइएको छ । त्यसैले यस्तो समस्या समाधानमा सबैले एक चोटी सोच्ने कि ? यसरी नेपाली विद्यार्थी शरणार्थी भिषामा बाहिर देशकै बेइज्जत हुने विश्लेषकहरु बताउछन् ।
















प्रतिक्रिया