२९ आश्विन २०८३, बिहिबार

अब एसएमएसबाटै ‘एमआरपी पासपोर्ट’को बारेमा थाहा पाउनुस !

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

smsमलेसिया । वैदेशिक रोजगारमा रहेका प्रवासी नेपालीहरुका लागि खुसीको खबर !

मलेसियामा रहेका नेपालीले अबदेखि सहज रुपमा राहदानी पासपोर्टको बारेमा एसएमएसबाटै थाहा पाउन सक्ने छन् ।

मलेसिया स्थित नेपाली राजदुताबासले एसएमएसबाटै पासपोर्टको बारेमा जानकारी लिन सक्ने प्रविधी लागू गरेको हो ।

नेपाल सरकारले अनिवार्य रुपमा एमआरपी पासपोर्ट बनाउन नियम बनाएपछि नविकरण गर्न आएका तथा नयाँ पासपोर्ट बनाउने नेपालीले अब आफ्नो पासपोर्ट तयार भए नभएको जानकारी लिन अबदेखि एसएमएस गर्नुपर्नेछ ।

अर्थात नेपाली पासपोर्टको बारेमा सबै जानकारी एसएमएसबाट थाहा पाउनेछन् । मलेसिया स्थित नेपाली दुताबासले जारी गरेको सूचना अनुसार स्थानिय कम्पनीसंग सहकार्य गरेर एसएमएस सेवाबाट सेवाग्राही सहज सेवा दिन लागेको हो ।

सुचना अनुसार पासपोर्टको बारेमा जानकारी लिन, थाहा पाउन सेवाग्राहीले मोबाइलको म्यासेज बक्समा गइ एनपीपी टाइप गरी एक स्पेस छोडेर आफ्नो पुरानो राहदानी पासपोर्ट नम्बर टाइप गरेर ३६६६० मा एसएमएस पठाउनुपर्नेछ ।

एसएमएस पठाएपछि दुतावासले तत्कालै राहदानी पासपोर्टको बारेमा जानकारी दिनेछ ।