२८ आश्विन २०८३, बुधबार

हेर्नुस् एक्लै हुँदा के गर्छन् अमेरिकी राष्ट्रपति ओबामा ? (भिडियोसहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Obama

न्युयोर्क । अमेरिकी राष्ट्रपति बराक ओबामा जब एक्लै हुन्छन्, तब उनी के गर्लान ? यो खबर पढ्दा तपाईं आश्चर्यमा पर्नुहुन्छ । जब ओबामा एक्लै हुन्छन्, तब ऐनाको अगाडि गजबगजबका चेहरा बनाउँछन् उनी । कहिले चश्मा लगाएर फरक स्टाइलमा प्रस्तुत हुन्छन् त कहिले भाषणको रिहर्सल गर्छन् । अझ कहिलेकाँही त सेल्फी स्टिकबाट आफ्नो तस्वीर पनि खिच्न भ्याउँछन् अनि दूधमा डुबाएर बिस्कुट खाने कोशिश पनि गर्छन् ।

अमेरिकी राष्ट्रपति बराक ओबामाको यस्तै रोचक भिडियो अहिले इन्टरनेटमा भाइरल सरह फैलिएको छ । भिडियोमा ओबामा मजाले मस्ती गरिरहेको महसुस हुन्छ ।

अमेरिकी राष्ट्रपतिले हेल्थकेयर पोलिसीमा युवाहरुलाई आकर्षित गर्ने उद्देश्यले जानीबुझीकनै यो भिडियो बनाएका हुन् । फेसबुकमा समेत शेयर गरिएको यो भिडियो अहिले तीन लाखले शेयर गरिसकेको समाचार एजेन्सीले जनाएको छ ।
हेर्नुस भिडियो:
https://www.youtube.com/watch?v=RfU3M63ZzSk