काठमाडौँ, १ फागुन । सिभिल बैंक लिमिटेडले आफ्नो सुविधाअनुसार मुद्दति खातामा रकम थप्न मिल्ने ब्यवस्था गरी ग्राहकहरु माझ “स्वचालित मुद्दति खाता” ल्याएको छ ।
आफूले चाहेको रकम थप्न मिल्ने व्यवस्था भएको सम्भवतः नेपालमा यो पहिलो खाता भएको बैंकले जनाएको छ । यस खाता खोल्दा ग्राहकले आफूले लक्षित गरेको रकम र अवधि तय गर्नुपर्नेछ । यस मुद्दति खाताको न्युनतम मौज्दात एक हजार रुपैंया रहेको छ । आफूले लक्षित गरेको रकमको दश प्रतिशत राखी यो मुद्दति खाता ६ महिना देखि ३ वर्षसम्मको अबधिसम्म खोल्न सकिन्छ । यस मुद्दति खातामा ६ महिनाको लागि ५ दशमवलव ५ प्रतिशत, १ वर्षको लागी ६ प्रतिशत, २ वर्षसम्मका लागि ६ दशमलव २५ प्रतिशत र ३ वर्षसम्मको लागी ६ दशमलव ५ प्रतिशतको आकर्षक ब्याजप्रदान गरिने सिभिल बैंकले जनाएको छ ।
बैंकका अनुसार, मुद्दति अवधिभर ब्याज परिवर्तन नहुने र यस मुद्दति खाता खोल्दा सेफ डिपोजिट लकर तथा कर्जा सेवा शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ भने सञ्चित रकमको ९० प्रतिशतसम्म ऋण सुविधा उपलब्ध गराइनेछ ।
















प्रतिक्रिया