२९ आश्विन २०८३, बिहिबार

आमाबुबाले पोर्न सामग्री नष्ट गरिदिएपछि छाेराले गरे आमाबुबाविरुद्ध मुद्दा दर्ता !

4.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ बैशाख । पोर्न सामग्री नष्ट गरिएपछि अमेरिकाका एक व्यक्तिले आफ्नै आमाबुबाविरुद्ध मुद्दा दर्ता गरेका छन्।

इन्डियाना राज्यका ४० वर्षीय ती व्यक्तिले १२ वटा झोलामा अश्लील डिभिडी तथा म्यागेजिन संगालेर राखेका थिए। तर उनका आमाबुबाले ती सामाग्री फ्याकिदिएपछि युवकले रुष्ट भएर आमाबुबाविरद्ध मुद्धा दर्ता गरेका हुन्।

उनले २९ हजार अमेरिकी डलर क्षतिपूर्तिको माग गरेका छन्। सन् २०१६ मा सम्बन्ध विच्छेद भएपछि इन्डियाना घर भएका ती व्यक्ति मिसिगन ग्रान्ड हेभनमा आमाबुबासँगै बस्दै आएका छन् ।

उनी र उनका पिताबीच इमेलमा यस विषयमा विवाद समेत भएको जनाइएको छ।