८ कार्तिक २०८३, आइतबार

काठमाडौं–दिल्ली हवाई भाडा चर्को

5.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ वैशाख । काठमाडौं–दिल्ली उडानको हवाई भाडा तीन गुणा बढेको छ। भारतीय वायुसेवा कम्पनी जेट एयरवेजले नेपाल उडान स्थगित गरेपछि यो रुटमा हवाई भाडा चर्को वृद्धि भएको हो। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

काठमाडौं–दिल्लीका यात्रुलाई हवाई टिकट पाउन गाह्रो भएको ट्राभल एजेन्सीले जनाएका छन्। जेटले हरेक उडानमा एक सय ६८ यात्रुलाई सेवा दिँदै आएको थियो। अहिले दैनिक करिब पाँच सय यात्रुको चाप अन्य वायुसेवामा परेको छ।

काठमाडौं–दिल्ली वायुसेवा कम्पनीका निम्ति लाभदायक गन्तव्य हो। काठमाडौं–दिल्लीको दुईतर्फी उडान गर्ने अन्य वायुसेवाले पनि पर्याप्त मात्रामा उडान थप गर्न सकेका छैन। कम्तीमा एक साता अगाडिको टिकट पाउन गाह्रो पर्ने एरोलिना टुर्स एन्ड ट्राभलका प्रबन्ध निर्देशक यमबहादुर खड्काले बताए। उनका अनुसार एक साताअगाडि ८/९ हजार रुपैयाँमा पाइने टिकट अहिले २८ हजार रुपैयाँ पनि पाउन कठिन छ।

खड्काका अनुसार बिहीबार मात्रै काठमाडौंबाट दिल्लीको टिकट किन्न आएका अमृत ढुंगानालाई तीन दिनपछिको इकोनोमी क्लासको टिकट लिन हम्मेहम्मे पर्‍यो। ढुंगानाले बल्लबल्ल २८ हजार रुपैयाँमा नेपाल एयरलाइन्सको काठमाडौंबाट दिल्लीको एकतर्फी टिकट पाए।