१ कार्तिक २०८३, आइतबार

स्वास्थ्य मन्त्रालयमा जाँदा कर्मचारीले हप्काउँछन्, दुखाइले हिँड्न थालेपछि घरमै थुनामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shyam-Bahadur-Chhetriकाठमाडौं, १ फागुन । अस्पताल लग्यो भने डाक्टरले पैसा नभए उपचार हुँदैन भन्दै लखेट्छन्।

स्वास्थ्य मन्त्रालयमा जाँदा कर्मचारीले हप्काउँछन्।

मैले भोट दिएको पार्टीका अध्यक्ष पुष्पकमल दाहाललेसमेत सहयोग गर्छु भने तर आसैआसमा वर्ष दिन बित्यो।

मेरो छोरो हेर्दाहेर्दै मर्न लाग्योु, नवलपरासी राँकाचुलीका श्यामबहादुर क्षेत्रीले भने, ‘नेताले उपचार बहानामा राज्यको ढुकुटी सक्न हुने तर गरिब बिरामी त्यत्तिकै मर्नुपर्ने रहेछ यो देशमा।’

१४ वर्षीय छोरा नीरबहादुरको टाउकोमा क्यान्सर भएपछि उपचार सहयोग माग्दै विभिन्न निकाय र व्यक्तिलाई लेखेका दर्जनभन्दा बढी चिठीपत्र बोकेर स्वास्थ्य मन्त्रालयको गेटमा बसेका क्षेत्रीले भने, ‘भित्र गयो भने तपाईंको काम हुँदैन, यहाँ बसेर फाइदा छैन भन्दै कर्मचारीले हप्काउँछन्।’

दुई वर्षपहिले नीरबहादुर भाइबहिनीसँग खेल्दाखेल्दै आँगनमा लडेर बेहोस भए। केहीबेरमा होसमा आएपछि उनी टाउकोमा कसैले टोकेको भन्दै छट्पटाउन थालेको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

भारतीय सेनाबाट निकालिएका श्यामबहादुरले छोरालाई उपचारका लागि चितवन मेडिकल कलेज पुस्याए। महिनौं उपचार गर्दा पनि रोग पत्ता नलागेपछि त्रिवि शिक्षण अस्पताल जान डाक्टरले सुझाए।

श्यामबहादुर ऋण काढेर काठमाडौं आए। शिक्षण अस्पतालमा महिनौं उपचार गराउँदा पनि रोग पत्ता लागेन।

उक्त अस्पतालले पुनस् चितवन जान सल्लाह दियो। उनी छोरा लिएर पुनस् चितवन मेडिकल कलेज पुगे। जाँच गर्दा जुकाले अन्डा पारेपछि फुटेर क्यान्सर भएको पत्ता लाग्यो।

‘नेताले उपचारको बहानामा मनलाग्दी राज्यको ढुकुटी खर्च गर्न हुने तर गरिब बिरामी त्यत्तिकै मर्नुपर्ने रहेछ यो देशमा। चिकित्सकहरू छोराको उपचार नेपाल वा भारतमै सम्भव भएको र शल्यक्रियाका लागि धेरै पैसा चाहिन्छ भन्छन्, श्यामबहादुरले भने, ‘उपचार गर्ने अब मेरो हैसियत छैन। राज्यले सहयोग गरेन।’ दुखाइले जहाँ पायो त्यहीं हिँड्न थालेपछि उनले छोरालाई घरमा थुनेर राखेका छन्।

उनी सहयोग माग्दै गाविसदेखि स्वास्थ्य मन्त्रालयसम्म महिनौं धाए। ‘जहाँ पनि यहाँ हुँदैन, अन्त जानुहोस् भन्दै पन्छाउँछन्’, उनले भने।

क्यान्सरलगायत आठ प्रकारका नसर्ने रोगका बिरामीलाई सरकारले एक लाखबराबरको उपचार निस्शुल्क गर्ने कानुनी व्यवस्था छ। तर भनसुन गर्ने मान्छेको अभावमा उनी त्यो सेवाबाट पनि वञ्चित छन्।

मन्त्रालयबाट सहयोग नपाएपछि उनी विभिन्न दलका नेतासँग पनि हारगुहार गर्न पुगे। ‘कसैले कुरै नसुनी सहयोग गर्न सक्दिनँ भने, कसैले सहयोग गर्छु भन्दै बाचामात्र गरे’, ‘श्यामबहादुरले भने, ‘मैले दुईपल्ट एमाओवादी अध्यक्ष प्रचण्डको पार्टीका उम्मेदवारलाई भोट दिएएँ। त्यही नाताले प्रचण्डसँग सहयोग माग्न जाँदा उनले जसरी पनि सहयोग गर्छु भनेका थिए। तर अर्कोपटक भेट्न जाँदा त समय नै दिएनन्।’

मन्त्रालयको चिकित्सा महाशाखा प्रमुख डा. गुणराज लोहनीले क्यान्सर भएको पुष्टि भएमा सरकारले उनलाई एक लाखबराबरको उपचार सहयोग गर्ने बताए।