८ कार्तिक २०८३, आइतबार

यी हुन प्रधानमन्त्री ओलीकी छोरी, गरिन कमाल

4.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुगु, १ वैशाख । आठ वर्षीया ठिल्लेसाङ्मु लामा एक वर्षयता गाउँदेखि स्कुलसम्म ‘प्रधानमन्त्रीकी छोरी’ भनेर चिनिएकी छन् ।

अघिल्लो वर्ष वैशाख १ गते रारा आएका बेला प्रधानमन्त्री केपी ओलीले लामालाई अभिभावकत्व ग्रहण गर्दै बुद्ध माध्यामिक विद्यालय माग्रीमा भर्ना गराएका थिए । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

मुगुमकार्मारोङ गाउँपालिकास्थित माग्रीगाउँ लामाले ८३ प्रतिशत अंक ल्याएर कक्षा १ मा प्रथम स्थान हासिल गरेकी छिन् ।

उनको पढाइ सुरुदेखि नै राम्रो देखिएको निमित्त प्रधानाध्यापक चित्रबहादुर ओलीले बताए । उनका अनुसार घरमा लामालाई पढ्ने वातावरण छैन । परिवारमा कोही साक्षर छैनन् ।

विद्यालयबाहेकको सयममा उनी घरायसी कामकाजमा व्यस्त हुने गरेकी छिन् ।