८ कार्तिक २०८३, आइतबार

घुससहित पक्राउ परेका कर्मचारीको नाम हटाइयो, विभूषण नपाउने

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० चैत । घुससहित पक्राउ परेका कर्मचारीको नाम विभूषण सूचीबाट हटेको छ । उत्कृष्ट कर्मचारी भन्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा कार्यरत अधिकृत कैलाश मातक्षे श्रेष्ठलाई प्रबल जनसेवाश्री विभूषण दिने निर्णय भएको थियो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

करीव दुई महिनाअघि उनी २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए । उनको नाम विभूषण पाउनेबाट हटाइएको गृह मन्त्रालयका सहसचिव महादेव पन्थले बताए ।

श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरिसकेको छ । लेनेदेनको मुद्दा मिलाइदिने भन्दै उनले घुस लिएका थिए । हजारौँ अधिकृतमध्ये उत्कृष्ट रहेको भन्दै गृह मन्त्रालयले उनलाई विभूषणका लागि छनोट गरेको थियो ।