काठमाडौं, २८ चैत । भारतीय विमान कम्पनी जेट एरवेजको जहाज बुधबार अपराह्न ठूलो दुर्घटनाबाट बचेको छ ।
जेट एरवेजको उडान नम्बर २६७ को विमान तेल नभरेकै अवस्थामा काठमाडौंबाट दिल्लीका लागि एक सय ८३ यात्रु लिएर उडान भर्न लागेको थियो । तर चालकले बेलैमा चाल पाएकाले दुर्घटना ट–यो । नागरिक दैनिकले समाचार छापेको छ ।
विमान ‘टेकअफ’ गर्न लाग्दा पाइलटले तेल नभएको चाल पाएपछि आकस्मिक रुपमा जहाजलाई ‘रनवे’बाट घुमाएर पार्किङ स्थलमा लगेका थिए ।
अपराह्न ३ बजेर ५० मिनेटमा दिल्ली उडान भर्ने क्रममा तेल सकिएको थाहा पाएपछि आकस्मिक रुपमा पुनः जहाजलाई ‘रनवे’बाट पार्किङमा फर्काइएको थियो ।















प्रतिक्रिया