८ कार्तिक २०८३, आइतबार

अस्पतालमै आन्दोलन : बिरामीको बिचल्ली

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ चैत । ४५ वर्षिया धनदेवी बलायर ट्रमा सेन्टरको शैय्यामा छटपटाउँदै थिइन्। रुखबाट लडेकी उनको ढाड भाँच्चिएको छ। डाक्टरले भनेका थिए, ‘केही नखानू अप्रेशन गर्नु पर्छ।’ उनी अप्रेशन हुनेमा ढुक्क थिइन्। भोकै बसिन्। तर डाक्टर आएनन्। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

‘स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच’ भन्ने नाराका साथ विश्व स्वास्थ्य दिवस मनाइरहेका बेला मुलुकका सरकारी अस्पतालमा उल्टो दृष्य देखिन्थ्यो। उपचार पाउन नसकेको भन्दै वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरी समक्ष बिरामीहरु गुनासो गरिरहेका थिए। डा. सेन्चुरी निरिह र नाजवाफ देखिन्थे। डाक्टरहरु विहानैदेखि आन्दोलनमा उत्रिए। बिरामीलाई शल्यक्रिया गर्न गरेको वाचा विर्सिए। अप्रेशनको आसमा बसेका बिरामीलाई निरास बनाए।

डोटी, शिख नगरपालिका —११की धनदेवीलाई काठमाडौं ल्याउन ४७ हजार खर्च भएको थियो। उनका श्रीमान धर्मसिंहले भने, ‘घरबाट दिपायलमा ल्याएर जँचाइयो। त्यहाँबाट कोहलपुर मेडिकल कलेज ल्याइयो। त्यहाँबाट फेरी काठमाडौं ल्याइयो। आइतबार बिहान अप्रेशन गर्ने भन्दै डाक्टरले वाचा गरेपछि पच्चिस हजारको सामान ल्याएका उनले बेड तल राखेका छन। ‘अप्रेशन गर्छु भनेका डाक्टर आएका थिए। बेहोस गराउने आएनन् भनेर फर्किए। अप्रेशन नहुने भएपछि कतिन्जेल भोकभोकै राख्ने ? दिउसो खुवाएँ,’ उनले भने।