१ कार्तिक २०८३, शनिबार

तीन जना नेपाली संचारकर्मीहरूलाई सम्मान गरिने

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रोमानिया । नेपाली संस्कृति तथा सद्भावना प्रतिष्ठानको हालै सम्पन्न भएको एक बैठकले अन्तर्राष्ट्रिय नेपाली झण्डा दिवसको अवसरमा प्रदान गरिने नेपाली संस्कृति तथा सद्भावना राजदूतको मानार्थ उपाधिले सम्मान गरिने भएको छ ।

बिदेशमा रही नेपाली संस्कृति, साहित्य र संचारको क्षेत्रमा समर्पित भई आआफ्ना क्षेत्रबाट बिशेष योगदान दिदै आएका तीन जना नेपाली संचारकर्मीहरूलाई पनि अन्तर्राष्ट्रिय नेपाली झण्डा दिवसकै अवसरमा बैशाख १ गते २०७६ का दिन नेपाली संस्कृति तथा सद्भावना राजदूतको मानार्थ उपाधिले सम्मान गर्ने निर्णय गरेको छ।

रोमानियाका लागि नेपाली अवैतनिक बाणिज्यदूत एवम् नेपाली संस्कृति तथा सद्भावना प्रतिष्ठानका अध्यक्ष नवराज पोखरेलको अध्यक्षतामा सम्पन्न भएको उक्त साईबर बैठकमा सदस्यहरू दिनेश बाला श्रेष्ठ (ईटली), दीपक न्यौपाने (बेल्जियम) र निर्मल अर्याल (फ्रान्स)को उपस्थिति रहेको थियो ।

स्मरण रहोस, प्रतिष्ठानका तीनै जना सदस्यहरु नेपाली संस्कृति तथा सद्भावना राजदूतको मानार्थ उपाधिले सम्मानित छन् ।

नेपाली संस्कृति तथा सद्भावना राजदूतको मानार्थ उपाधिले सम्मानित भएका सबै व्यक्तिहरु स्वतः यस प्रतिष्ठानको सदस्य रहने परम्परा रहेको जानकारी प्रतिष्ठानका अध्यक्ष नवराज पोखरेलले बताए ।