१ कार्तिक २०८३, आइतबार

डाक्टर पढाउने नाममा साठी लाख ठगी गर्नेहरू पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Doctorकाठमाडौं, २९ माघ । जनमैत्री अस्पतालमा काम गर्दै आएका एक एमबिबिएस डाक्टरलाई सरकारी कोटामा एमडी पढ्न विदेश पठाइदिने भन्दै ६० लाख रुपैंया ठग्ने ३ जना पक्राउ परेका छन् ।

सप्तरी घर भएका डाक्टर मनोज कुमार साहलाई वीर अस्पतालका कर्मचारी सहित तीन जनाले ठगेका हुन् ।

पक्राउ पर्नेमा वीर अस्पतालका अहेब दीपक मुडभरी (नुवाकोट), नवलपरासीका राजेश कहाँर र धनुषाका रबि पौडेल रहेको कान्तिपुर दैनिकले छापेको छ ।

उनीहरुले साहलाई एमडी छात्रबृती कोटामा पठाइदिने भन्दै रकम लिएको महानगरीय प्रहरी अपराध महाशाखाका नायब उपरिक्षक (डीएसपी) बसन्त रजौरेले बताए ।

रजौरेका अनुसार साहलाई ठग्न उनीहरुले वीर अस्पतालको माईनुटिङ समेत नक्कली बनाएका थिए ।

उनीहरुले २०७१ भदौमा अस्पताल सञ्चालक समितीको बैठकमा भएको निर्णय समेत नक्कली बनाएका थिए ।

उनीहरुले अस्पताल सञ्चालक समितीको ४६ औं शैक्षिक परिषद बैठकले साहलाई विदेशी कोटा र सार्क मुलूकका कोटा भित्र भर्ना दिलाउने निर्णय गरेको व्यहोरामा फर्जी कागज बनाएका हुन् ।