
काठमाडौं । बारा–पर्साका आँधी पीडितलाई प्रवासी नेपाली एकता मञ्च कतारले सहयोग गरेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट मञ्चले पीडितहरुका लागि एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
नेकपा मुख्यालयको प्राकृतिक विपत्ति कोषमा उक्त रकम जम्मा गरेको मञ्चका संयोजक चानक पोखरेलले जानकारी दिए ।
आइतबार साँझ बारा र पर्सा जिल्लामा आएको भीषण हावाहुरीका कारण १८ सय ९५ घरमा क्षति पुगेको गृहमन्त्रालयले जनाएको छ । घटनामा २८ जनाको मृत्यु भएको छ ।















प्रतिक्रिया