१ कार्तिक २०८३, शनिबार

नयाँ वर्षमा सिकागोमा सांगीतिक धमाका हुने

882
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिकागो, २ अप्रिल ।अमेरिकाको सिकागोमा रहेको नेपालीहरुको एक मात्र साझा संस्था सिकागोल्याण्ड नेपाली फ्रेन्डशिप सोसाईटीले आगामी अप्रिल १४ तारिख आइतबार नयाँ वर्ष सांगीतिक साँझ गर्ने भएको छ ।

बैशाख १ गते २०७६ लाई नेपालीहरुको आफ्नो नयाँ वर्ष भएकोले यो दिनलाई नेपालीहरु एक आपसमा भेट भएर शुभकामना आदान प्रदान गर्दै सामुहिक भोजन गरेर उक्त दिनलाई भव्य संगीतमय बनाउने उद्देश्यले कार्यक्रम गर्न लागिएको हो ।

यो वर्ष लोकपप गायक तिलक बम मल्लले सिकागोलाई नचाउने भएका छन् । अत्यधिक स्रोताले मन पराएका मुटु छुने लुम्लेको हावाले, ट्याक्सी गुड्यो सरर पोखराको बजारमा, हातमा रुमाल हल्लाउने नानीले, भोटे ताल्चा मारेर छातीमा लगायत २ दर्जन जति कर्णप्रिय गीतका सर्जक मल्लका गीतमा सिकागो झुम्दै छ । उनि नेपाल छँदा नेपालको लोकप्रिय ब्याण्ड परिवेशका उम्दा कलाकार थिए ।

अमेरिकाको न्युयोर्कमा बस्ने मल्लले अमेरिकामा एकल साँझ बाहेक अन्य सांगीतिक कार्यक्रम नगरेका हुँदा पहिलोचोटि स्टेज कार्यक्रम भएकोले सिकागोको कार्यक्रम निकै प्रभावकारी प्रदर्शन गर्नुपर्ने दवाव छ ।

करिब साढे ३ घण्टा सम्म चल्ने  सांगीतिक कार्यक्रममा स्थानीय लोकप्रिय अँनडिसाडेड ब्याण्डले आफ्नो गहकिलो प्रस्तुति दिने भएको छ  । भुवन राई , मिलन चौधरी, शंकर पराजुली, आशिक श्रेष्ठ आमोद बैजु र दिया सुनामहरु जस्ता सिकागोका रक स्टारहरुले प्रस्तुत गर्ने ब्याण्डको रौनकले दर्शकहरुलाई भिन्दै आनन्द प्रदान गर्ने विश्वास लिइएको छ ।

स्थानीय जगदीश यादवको मन्त्र मुग्ध पार्ने स्वरमा झुम्न करिब ५०० जना नेपालीहरु अट्न सक्ने हलको व्यवस्थापन भएको छ । ललिता पौडेल,  विष्णु दर्लामी र सिन्जु न्याैपानेको नृत्यले दर्शकहरुलाई जादुले झैँ लट्ठ पार्ने छ । करिब १ दर्जन स्थानीय कलाकारहरुको नृत्य र गीत पनि रहेको छ  ।

२५१९ वेस्ट देभ स्थित नर्थ सोर बैंकट हलमा साँझ ५ बजे देखि शुरु हुने कार्यक्रम हेर्न मिलावाकी र इन्डियाना देखि नेपालीहरु आउने आयोजकहरुले बताएका छन् ।