२९ आश्विन २०८३, बिहिबार

एनआरएन अधिवेशन ऐतिहासिक बनाउने तयारीमा छौं : संयोजक तिवारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

loknath 1

विजय थापा
अमेरिका । ‘एकै साथले एनआरएनलाई अझ मजबुत बनाउन सक्ने छ’ भन्ने नाराका अमेरिकामा हुन लागेको गैर आवासीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय समितिको अधिवेशनलाई ऐतिहासिक बनाउन तयारी तिव्र पारिएको छ ।

यसै सम्बन्धमा एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष एंव अधिवेशन संयोजक लोकनाथ तिवारीसंग गरिएको कुराकानीको सम्पादित अंश ।

आगामी मार्च महिनाको २१ र २२ गते आयोजना हुने एनआरएन अमेरिकाको बार्षिक साधारणसभालाई ऐतिहासिक तथा सफल बनाउन युद्ध स्तरबाट तयारी भइरहेको संयोजक तथा एनआरएनका वरिष्ठ उपाध्यक्ष लोकनाथ तिवारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,–‘यसपालिको अधिवेशनलाई ऐतिहासिक बनाउन रातदिन खटिएर तयारी गरिरहेका छौं, पूर्ण रुपमा सफल हुने विश्वास छ ।’ वार्षिक साधारणसभामा बिधान संशोधन मुख्य एजेण्डा रहेको छ । साथसाथै एनआरएन अभियानमा लागेका अन्तर्राष्ट्रिय चर्चित ब्यबसायीहरुले आफ्ना सफल कथा सुनाएर नयाँ पिढीलाई उत्प्रेरणा दिने कार्यक्रम पनि मिलाइएको छ ।

यस्तो अधिवेशनले संस्थाको ओजस्वी अझै बढ्ने भएकाले थप कार्यक्रमहरु पनि राखिएको संयोजक तिवारीको भनाई छ । विश्वमै सबै भन्दा बढी सदस्य भएको मुलुक अमेरिकामा अधिवेशनको भव्य उद्घाटन गरिनेछ । गैर आवासीय नेपाली संघका अन्तर्राष्ट्रिय अध्यक्ष शेष घले पनि उपस्थित हुने कार्यक्रम छ ।

सदस्यहरु बढी भएपछि अमेरिकामा एनआरएनको महत्व बढेको हो । एनआरएन आइसीसीका पूर्व अधक्ष्यहरु, पदाधिकारीहरु, लगायत बिश्वभरिबाट शिर्ष तहका पदाधिकारीले कार्यक्रममा अतिथ्यता ग्रहण गर्नेछन् । कार्यक्रमका संयोजक तिवारीले १ हजार बढी पदाधिकारी सहभागिता रहने बताउनुभयो ।

अधिवेशन समारोहको व्यवस्थापनका लागि सबै क्षेत्रका प्रतिनिधीलाई समावेश गरी ५१ सदस्यीय एक मुल समारोह समिति समेत गठन गरिएको छ । अधिवेशनमा नेपालका ख्याती प्राप्त कलाकारको प्रस्तुती राखिएको छ । जसमा साँस्कृतिक कार्यक्रमको साथै युवा वर्गलाई प्रोत्साहन गर्न बिभिन्न खेलकुद कार्यक्रमको पनि आयोजना गरिएको छ ।

अधिवेशनमा महिला कार्यक्रम, स्वास्थ्य सम्बन्धि कार्यक्रमसंगै एनआरएन आवाज नामको स्मारिका समेत तयार गरिदै छ । अधिवेशनमा एनआरएनले समाजमा नेपाल र नेपालीको हितमा काम गर्ने उत्कृष्ट व्यक्तित्वहरुलाई पुरस्कृत गर्ने योजना पनि रहेको छ ।

loknath 2संयोजक तिवारीले रमाइलो कुरा सुनाउदै भने, ‘द्वितीय बिश्व युद्धमा अमेरिकाले जापानलाई युद्धमा पराजित गरे पछि, दुई देश बीच सम्बन्ध अझ मजबुत होस् भन्ने उदेश्यले जापानका नगर प्रमुखले वाशिंगटन डिसीका नगर प्रमुखलाई कोसेली स्वरुप चेरी (पैंयु)को फूल उपहार दिएको हुनाले हरेक बर्ष बसन्त ऋतुको आगमन संगै वाशिंगटन डिसीमा राष्ट्रिय (चेरी) पैंयु फूल फुल्ने उत्सब मनाउने गरिन्छ ।

यो अवलोकन गर्न विश्वभरबाट पर्यटकहरु आउने र खचाखच हुने भएकोले एनआरएनको अधिवेशनमा बाहिरबाट आउने अतिथिहरुले यो अवसर पनि हो ।’

अधिवेसनमा सहभागी हुनेहरुले १ सय डलर तिरे पछि दुई दिवा भोज र दुई रात्री भोजको साथै एक साँस्कृतिक कार्यक्रममा उपस्थित हुन पाउने छन् । यस्तै, पाहुनाहरुको लागि अतिथि गृहको एक रातको १ सय ९ डलर बिहानीको खाजा समेत सुबिधा उपलब्ध गराईएको छ ।

संयोजक तिवारीले उत्साहित हुदै भने, ‘अमेरिकाको राजधानी भएकोले यो अधिवेशन निकै प्रभावकारी र एनआरएन अमेरिकाको बिगतका सबै ईतिहासलाई तोड्ने सम्भावना छ ।’

अधिवेशनको प्रमुख अतिथिको बारेमा टुङ्गो लागिसकेको छैन् । तर, संयोजक तिवारीका अनुसार प्रमुख अतिथि उपल्लो दर्जाका अमेरिकाका ठुला व्यक्तित्व नै हुनेछन् । बिधान संसोधन पारित हुन् कति सजिलो छ भन्ने जिज्ञाशामा जनहितको लागि तयार गरिएको सरल रुपमा पारित हुने उहाँले बताउनुभयो ।
संस्थालाई संस्थागत स्थापित गराउन वर्तमान समिति अहोरात्र खटी रहेको हालको काम अनुसार अधिवेशन सफल हुने उहाँको विश्वास छ ।

डिसी महानगर क्षेत्रमा हुने अधिवेशनमा डिसी क्षेत्र वरपरका समुदायले आफ्नो क्षमता प्रदर्शन गर्ने छन् । समुदायबाट ठुलो सहयोग पाउने छौ भन्दै यो अमुल्य क्षण डिसी क्षेत्रका समुदायले गुमाउने छैनन् भन्दै मूल समारोह समितिमा सबैलाई समेट्ने तयारी समेत भइरहेको छ ।

उहाँले सबैको प्रयासबाट संस्था बलियो हुदैछ । नेपालको वर्तमान राजनीतिक अस्थिरता तथा संविधानमा नबनुन्जेल सम्म हाम्रो अधिकार सुरक्षित हुन्छ कि हुदैन भन्ने अवस्थामा एकता हुनु जरुरी छ र अपरिहार्यता हुन्छ । यो बार्षिक अधिवेशन एक कोशेढुंगा साबित हुन्छ भन्ने कुरामा दुई मत छैन । सबैको समर्थन आवश्यक छ भन्दै अधिवेशनको प्रत्यक्ष प्रशारण पनि गरिने योजना छ भन्नुभयो ।