
आदरणीय बाबुराम भट्टराईज्यू,
राम्रो अति राम्रो महान व्यक्तित्व हुनुहुन्छ। सात समुन्द्रपारिबाट यहाँलाई सलाम !
तपाईं त गोर्खा को नेता, भाग्यमानी छन् गोर्खाको जनताहरु । यो मानेमा कि सदियौँदेखि गोर्खाको जनताले यो देशको एउटा राज्यको नेताको हिस्सा बन्न पाएका छन् ।
देशका ठूला ठूला शक्तिशाली शासक पाएको छ, देशको विकासको पारिलो घाम ताप्न पाएको छ।
म २७ बर्षको भएँ । मैले आजसम्म पनि यो देश मेरो हो भन्ने क्षुण अनुभव गर्न सकेको छैन ।
त्यै भएर त यो सात समुन्द्रपारी छु र देश र जनताको सम्बन्ध कस्तो हुदोरैछ भन्ने देखिरहेको छु। मेरो घर बझाङ जिल्ला शायद कहाँपर्छ भनेर हजुरले पनि ५ मिनेटसम्म सोच्नुपर्ला ।
म र मेरो ठाउँ धेरै आभागी छ । किनकी हजुरजस्ता नेता जन्माउन सकेन । मेरो ठाउँले न त विकासको झिल्को नै देख्नसक्यो । तर बिडम्बना यो देश हजुरको पनि मेरो पनि अनि बझाङ पनि यो देशको गोर्खा पनि हो । यो देशको तर तपाईं र म, बझाङ र गोर्खामा आकाश पातलको फरक छ ।
म तपाईंको गोर्खाको विकट ठाउँसम्म पुगेको छु । अनि मेरो बझाङको सुगम पनि देखेको छु । तर तपाईंको बिकट त मेरो भन्दा २० गुणा सुगम । तपाईंले त हिमालसम्म नि गाडी गुडाउनु भएको छ ।
धेरे स्कुलको स्तर उन्नति गर्नुभएको छ। तर म पढेको स्कुलको छानो आज २० बर्षपछिसम्म पनि चुहिरहेको र बस्नलाई ढुङ्गा ओछ्याएर पढिरहेका छन् ।
यो बिभेद किन ? आखिरी बझाङी र गोर्खाली भएर होला कि ? तपाईं जस्ता शासक नजन्माएर होला ? आदरणीय नेता ज्यू, मेरो सन्देश सुनिदिनुहुनेछ भन्ने विश्वास लिएको छु ।
तपाईको प्रिय शुभचिन्तक
योगेन्द्र बोहरा
खाडी














प्रतिक्रिया