१ कार्तिक २०८३, शनिबार

खिमबिक्रम भट्टराईद्वारा अमेरिकाको बोर्ड अफ डाइरेक्टरमा उम्मेदवारी घोषणा

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क । एनआरएन एसीसी अमेरिकाको निर्वाचन नजिकिदै जाँदा बिभिन्न पदहरूमा उमेदवारी घोषणा गर्ने क्रम बढेको छ ।

हालसम्म सो कार्य समितिको अध्यक्ष पदमा डा.अर्जुन बन्जाडे, संजय थापा, सुनिल साह, सूर्य लम्सालले आफ्नो उमेदवारी घोषणा गरिसकेका छन् । अन्य पदमा पनि उमेदवारी घोषणा गर्ने क्रम बढेको छ ।

बाग्लुङ जिल्ला ढोरपाटन नगरपालिका वडा नं. ४ गाल्दुङमा जन्म भई न्युयोर्कमा बिगत तेह्र वर्षदेखि बसोबास गर्दै आएका खिमबिक्रम भट्टराईले पनि एनआरएनए, एनसीसी अमेरिकाको बोर्ड अफ डाईरेक्टरमा आफ्नो उमेदवारी घोषणा गरेका छन् ।

कपिलवस्तुको बुद्दभूमि ६ इमिलियाबाट स–परिवार न्युयोर्क बसाइँ सरेका असाध्यै सरल र हँसिलो मिजासका भट्टराई निकै ईमान्दार र नेपाली समुदायलाई समस्या परेको बेला सहयोग गर्न सधै अघि सर्ने औलामा गन्न सकिने नेपालीहरूमध्ये गनिन्छन् ।

अमेरिकामा होस् या नेपालमा कसैलाई सहयोग गर्न पर्यो भने उनी पूरा दिलोज्यान दिएर लागि पर्छन् । अमेरिकामा बाग्लुङबासीहरूको संस्था ‘बाग्लुङ सेवा समाज’का एक जना संस्थापक सदस्य भट्टराईले नेपालमा आईपरेका दर्जनौँ प्राकृतिक प्रकोपमा सहयोग गरेका छन् ।

गत एनआरएनए एनसीसी निर्वाचनमा झिनो मतले हार बेहोरेका भट्टराईले यसपटक भने जित्नेमा ढुक्क देखिएका छन् ।

सबै समुदाय र बिचार समूहमा घुलमिल गर्न रुचाउने भट्टराई जस्ता स्वतन्त्र उमेदवारले जित्ने हो । एनआरएनए साँचो अर्थमा नेपालीहरूको प्यारो संस्था बन्न सक्नेमा प्रवासी नेपालीहरू आशावादी देखिएका छन् ।

भट्टराईले एनआरएनए अमेरिकाको संस्थागत बिकाससंगै गैर आवासीय नेपालीहरूको हितका लागि आफ्नो क्षमताले भ्याएसम्म सबै नेपालीहरूको प्रिय संस्था बनाउन आफ्नो मन,वचन र कर्मले लागिरहने दृढता ब्यक्त गर्दै उमेदवारी घोषणा गरेको जनाएका छन् ।