काठमाडौँ, २८ माघ । नेकपा एमालेका सचिव योगेश भट्टराईले भारतको नयाँदिल्लीमा आम आदमी पार्टीको विजयलाई बहुदलीय जनवादको विजयका रुपमा व्याख्या गर्नुभएको छ ।
सामाजिक सञ्जाल ट्वीटरमा आफ्नो प्रतिक्रिया लेख्दै एमाले सचिव भट्टराईले आम आदमी पार्टीका प्रमुख तथा दिल्ली राज्यका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालको विजयलाई एमालेका दिवंगत महासचिव मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज)सँग व्याख्या गर्नुभएको हो ।
मदन भण्डारीले भनेअनुसार नै केजरीवालले जितेको तर्क गर्दै भट्टराईले दिल्लीको चुनावले बिना हिंसा सत्ता बदल्न सकिने सन्देश दिएको लेख्नुभएको छ । उहाँले ट्वीटरमा लेख्नुभएको छ, बिना हिंसा सत्ता बदल्न सकिन्छ । दिल्लीको चुनावी सन्देश । आखिरी मदन भण्डारीले बहुदलिय जनबदमा भनेको पनि त यही नै हो ।’
नेपालमा वामपन्थी दलहरुले केजरीवालको जितलाई समर्थन गरिरहँदा केजरीवालको व्यक्तित्वबारे भारतका वामपन्थी दलहरुले भने कडा आलोचना गरिरहेका छन् ।

















प्रतिक्रिया