४ कार्तिक २०८३, बुधबार

किन चढ्ने मारुती सुजुकी कार ? यस्ता छन् विशेषताहरु

46.6k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रामकुमार शाही / दैनिक नेपाल

काठमाडौँ, १३ चैत । समयसँगै मान्छेका रहर फेरिन्छन् । योजना थपिन्छन् । नयाँ यनाँ शौखहरु जन्मिन्छन् । रहरहरु आवश्यकताले पनि निर्धारण गर्छ, जीवनमा । कति रहरका उडानहरु सफल अवतरण हुँदैनन् । तर, जब रहर र आवश्यकताको तालमेल मिल्छ तब ती रहरहरु रहरमै सीमित हुँदैनन् । आवश्यकता पूर्तिका सुत्र पनि बन्छन् ।

समय बद्लिदो छ । मान्छेका रहर बद्लिदै छन् । आवश्यकता थपिँदै छन् । मान्छेका यीनै रहर, सपना र आवश्यकतालाई मध्यनजर गर्दै सीजी मोटोकर्पले चार दशकदेखि आफ्नो सेवा प्रवाह गरिरहेको छ । समयसँगै नयाँ नयाँ प्रविधिजडित र नयाँ नयाँ फिचरका कार तथा भ्यानहरु नेपाली बजारमा भित्र्याइरहेको छ ।

सीजी मोटोकर्पले भारतभन्दा पहिले नै नेपालबाट मारुती सुजुकीका उत्पादनहरु बिक्री सुरु गर्यो । त्यतिबेलै उसले जापानबाट सिधै नेपालमा सवारी ल्याएको थियो । सीजी मोटोकर्प मारुती सुजुकीका लागि नेपालको आधिकारिक विक्रेता पनि हो ।

सीजी मोटोकर्पले कार चढ्ने नेपालीहरुको रहरलाई निकै सुलभ र सहज रुपमा सफल अवतरण गरिरहेको छ । फलस्वरुप यसका ग्राहकहरु पनि बढिरहेका छन् । ग्राहक मात्र होइन्, आफ्नो सेवा क्षेत्र पनि बढाइरहेका बताउँछन् सीजी मोटोकर्पका सिनियर मार्केटिङ मेनेजर करुण शाक्य ।

सीजीले हाल काठमाडौँ उपत्यकाबाहेक विर्तामोड, इटहरी, दमक, धरान, लहान, जनकपुर, वीरगञ्ज, हेटौँडा, नारायणघाट, दमौली, पोखरा, बाग्लुङ, वालिङ, कावासोती, बुटवल, भैरहवा, जीतपुर, दाङ, नेपाजगञ्ज, सुर्खेत, टीकापुर, धनगढी र महेन्द्रनगरमा शो रुम खोलेर गाडी विक्री गरिरहेको छ ।

शाक्यका अनुसार आधिकारिक डिलरका साथै सीजी मोटोकर्पले देशका ३१ स्थानबाट सर्भिसिङ सेवा पनि दिइरहेको छ । सीजी मोटोकर्पसँग अहिले २७ प्रकारका भ्यान, कार, कार्गाे भ्यान र सुपर क्यारी गाडीहरु छन् । कार मात्रै १० प्रकारका छन् ।

ग्राहकले १० लाख ९९ हजारदेखि ४२ लाख ९९ हजारसम्मका कारहरु आफ्नो रोजाई अनुसार छानीछानी लिन सक्छन् ।

मारुती सुजुकी नै किन चढ्ने ?

सवारी सधान प्रयोग गरिसकेपछि हरेकको पहिलो प्राथमिकता हुन्छ सुरक्षा । त्यसपछि भरपर्दाे इञ्जिन, राम्रो माइलेज, उच्चतम प्रविधि, मर्मत खर्च कम भएका सवारी प्रयोग गर्न चाहान्छन् । साथै, उच्च मूल्यका सवारी किन्न नसक्नेहरु थोरै मूल्यमा पनि सुरक्षित र भरपर्दाे सवारी प्रयोग गर्न चाहन्छन् ।

यसैलाई मध्यनजर गर्दै सीजी मोटोकर्पले मारुती सुजुकीका कारहरु बजारमा ल्याएको छ । मध्यम वर्गदेखि उच्च वर्गका ग्राहकलाई लक्षित गर्दै सेवा प्रवाह गरिरहेको शाक्य बताउँछन् ।

उनका अनुसार, मारुती सुजुकीका उत्पादनहरु नविनत्म जापानी प्रविधि जडित छन् । ‘रिसेल भ्यालु’ धेरै छ, शतप्रशित जापानी प्रविधिको प्रयोग छ, इञ्जिनले राम्रो पावर र माइलेज दिन्छ, बलियो छ, डिजेल गाडीमा डीडीआईएक इञ्जिन छ ।

यस्तै, भारवहन क्षमता धेरै छ, गाडीको बनावट आकर्षक छ, हर्टेक्ट च्यासिस सिस्टम छ, कथमदाचित दुर्घटना भए भित्रको मान्छे सुरक्षित नै रहन्छ र त्यसमा ठोक्किने मान्छे (बटुवा)लाई पनि क्षति कम हुन्छ ।

योसँगै सीजी मोटोकर्पले ग्राहकको चाहाना र रोजाईलाई पनि ध्यान दिने गरेको छ । नेपालमा सबैभन्दा पहिले टच स्क्रिन इन्फोटेन्मेन्ट सिस्टम जडित कारहरु पनि सीजी मोटोकर्पले नै भित्र्याएको थियो ।

के छन् सीजी मोटोकर्पका भावी योजना ?

‘हाम्रो पहिलो चिन्ता भनेको आफ्ना ग्राहकहरुको सन्तुष्टिमा हो । अहिलेसम्म उहाँहरु खुशी हुनुहुन्छ’, शाक्य भन्छन्, ‘अझै राम्रो गर्ने सोचमा छौँ, राम्रो–राम्रो फिचरिङवाला गाडी ल्याउने योजना छ । अब डिलरभन्दा पनि सर्भिस प्वान्ट बढाउने सोँचिरहेका छौँ ।’

उनले आफ्ना ग्राहकहरु नेपालको जुन क्षेत्रमा पुगेपनि सुजुकी सेन्टर देखुन्, कुनै समस्या नभोगुन् भन्ने लक्ष्यका साथ काम गरिरहेको बताए । मारुती सुजुकीका गाडी मर्मत खर्च एकदमै कम छ ।

यी विविध सुविधा र विशेषताले गर्दा अहिले नेपालभन्दा सबैभन्दा धेरै बिक्री हुने ब्राण्डमा पर्छ–मारुती सुजुकी ।

‘ग्राहकको माया र विश्वासले हामीले अहिलेसम्म पहिलो नम्बरमा छौँ,’, शाक्य भन्छन्, ‘हामी सँधै पहिलो नम्बरमै रहन चाहान्छौँ ।’

यी हुन् बजारमा उपलब्ध सुजुकीका गाडीहरु:

1. Model : Omni Cargo Van
Displacement : 796 cc
Price (Nrs) : 109900

2. Model : Omni Van ( 8 Seater)
Displacement : 796 cc
Price (Nrs) : 147900

3. Model : Eeco 5 Str Ac
Displacement : 1196 cc
Price (Nrs) : 2089000

4. Model : Eeco 7 Str
Displacement : 1196 cc
Price (Nrs) : 2079000

5. Model : Super Carry
Displacement : 796cc
Price (Nrs) : 1199000

6. Model : Alto K10 VXI
Displacement : 998cc
Price (Nrs) : 2089000

7. Model : New Wagon R Vxi
Displacement : 998cc
Price (Nrs) : 2329000

8. Model : Celerio Vxi
Displacement : 998cc
Price (Nrs) : 2449000

9. Model : Celerio ZXI (0)
Displacement : 998cc
Price (Nrs) : 2729000

10. Model : Celerio X ZXI (0)
Displacement : 998cc
Price (Nrs) : 2799000

11. Model : Swift Vxi (0)
Displacement : 1197cc
Price (Nrs) : 2969000

12. Model : Swift Zxi
Displacement : 1197cc
Price (Nrs) : 2969000

13. Model : Dzire Vxi (0)
Displacement : 1197cc
Price (Nrs) : 3269000

14. Model : Dzire Zxi
Displacement : 1197cc
Price (Nrs) : 3619000

15. Model : Dzire Zxi (optional)
Displacement : 1197cc
Price (Nrs) : 3919000

16. Model : Alto 800 Std
Displacement : 796cc
Price (Nrs) : 1689000

17. Model : Alto 800 Lxi
Displacement : 796cc
Price (Nrs) : 1859000

18. Model : Beleno Delta
Displacement : 1197cc
Price (Nrs) : 3289000

19. Model : Beleno Zeta
Displacement : 1197cc
Price (Nrs) : 3589000

20. Model : Beleno Alpha
Displacement : 1197cc
Price (Nrs) : 3899000

21. Model : Breeza VDI 0
Displacement : 1248cc
Price (Nrs) : 3799000

22. Model : Breeza ZDI +
Displacement : 1248cc
Price (Nrs) : 4249000

23. Model : Breeza ZDI + Duel
Displacement : 1248cc
Price (Nrs) : 4279000

24. Model : Ignis Delta
Displacement : 1197cc
Price (Nrs) : 2739000

25. Model : Ignis Zeta
Displacement : 1197cc
Price (Nrs) : 3039000

26. Model : Ignis Alpha
Displacement : 1197cc
Price (Nrs) : 3339000

27. Model : Ignis Alpha Duel Tone
Displacement : 1197cc
Price (Nrs) : 3369000