४ कार्तिक २०८३, बुधबार

रनरको २ सय सिसीको हक मोटरसाइकल नेपाली बजारमा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं १२ चैत्र । बंलादेशको प्रतिष्ठित मोटरसाइकल उत्पादक कम्पनी रनर अटोमोबिल्स् लिमिटेडको नेपालका लागि आधिकारिक विक्रेता रमन मोटर्स प्रा.लि.ले रनर हक २०० सिसिको डर्ट मोटरसाइकल नेपाली बजारमा भित्राएको छ । १ सय ९८ दशमलव ३ सिसी इञ्जिन रहेको मोटरसाइकलले ७५ सय आरपिएममा १२ दशमलव ७ हर्स पावर र ५५ सय आरपिएममा १४ दशमलव ५ एनएमको टर्क निकाल्ने कम्पनीको भनाई छ ।

यो मोटरसाइकल अफरोडमा चलाउन भरपर्दो र सजिलो रहेको छ । नेपालको भूभाग सुहाउँदो डर्ट मोटरसाइकल रमन मोटर्सले विगत तीन महिनादेखि नेपालका विभिन्न क्षेत्रका अफ्ठ्यारोे र समथर भूभागमा परिक्षण गर्दा उत्कृष्ट नतिजा पाइएको कम्पनीको भनाई छ । रमन मोटर्सका देशैभर रहेका २२ वटा डिलरमार्फत एकैसाथ विक्री गर्ने योजनाका साथ सर्विस र स्पेयर्स पार्टस्को सम्पूर्ण तयारी पुरा भएको रमन मोटर्सका जनरल म्यानेजर विनोद थापाले बताए ।

रमन मोटर्सका विजनेस डेभलपमेन्ट हेड सन्तोष न्यौपानेले हाइ ग्राउण्ड क्लियरेन्स् हुनुका साथै आरामदायी सिट भएको हक मोटरसाइकल सजिलै पहाडी तथा कठिन बाटोमा पनि सहजै कन्ट्रोल गर्न सकिने रहेको बताए । हाल २ सय सिसीको रनर हक रातो रङ्गमा उपलब्ध भएपनि निकट भविष्यमा अन्य रङ्गमा पनि उपलब्ध हुने कम्पनीको बनाई छ ।

ग्राहकको आकर्षणका लागि रमन मोटर्सले यो मोटरसाइकल ३ लाख ९९ हजार रुपैयाँमा विक्री वितरण सुरू गरेको छ । जुन अन्य मोटरसाइकलको भन्दा निकै कम मूल्य रहेको छ । रमन मोटर्सले नेपालमा रनर कम्पनीका विभिन्न २ सय सिसी सम्मका बाइकहरु विक्री वितरण गर्दै आएको छ । रनर बंलादेशको प्रतिष्ठित मोटरसाइकल कम्पनी हो ।