४ कार्तिक २०८३, बुधबार

नेपाल टेलिकम सह-प्रवक्ताको जिम्मेवारी भण्डारीलाई

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ चैत । दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमको सह–प्रवक्ताको जिम्मेवारी कृष्ण प्रसाद भण्डारीलाई दिइएको छ ।

सोमबारदेखि लागू हुनेगरि प्रबन्ध निर्देशकको कार्यालयका उप–प्रबन्धक भण्डारीलाई सह–प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

यसअघि सह–प्रवक्ताको रुपमा प्रमुख व्यावसायिक अधिकृतको कार्यालयका उप–प्रबन्धक शोभन अधिकारी थिए ।

उनको प्रमुख प्राविधिक अधिकृतको कार्यालयमा सरुवा भएपछि भण्डारीलाई सह–प्रवक्ताको जिम्मेवारी प्रदान गरिएको प्रमुख व्यावसायिक अधिकृतको कार्यालयका सूचना तथा प्रकाशन शाखा प्रमुख लक्ष्मण अधिकारीले जानकारी दिएका छन् ।