१ कार्तिक २०८३, शनिबार

जन्मभूमिमा जस्तै रमाइलो गर्दै पर्वतवासी कतारमा

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दिलकुमार श्रेष्ठ

दोहा । कतारको पर्पल आयरल्याडमा पर्वतवासीहरूले आफ्नै गाउँ जन्मभूमि जस्तै नाच्दै हाँस्दै रमाउदै मज्जा लिएका छन ।

आफ्नै गाउँ छिमेक, समाज र जिल्लावासीहरूलाई कतारमा समेट्दै मेलामिलाव र भाइचाराको भावनामा पर्वत समाज कतारले आन्तरिक बनभोज मनाए ।

हावा चलेको चिसो मौसमको मज्जा नाच्न, गाउनु र गाउनु र रमाउनु नै हो भन्ने कुरा बनभोजले प्रमाणित गरेको थियो । सामाजिक सद्भाव सत्कारसंगै आफ्ना दाजुभाई दिदीबहिनीहरुसंगको भेटघाटले अझै सुनमा सुगन्ध थपेको थियो ।

प्रायः हप्ताको शुक्रबार ब्यस्त रहने सो पर्पल आयरल्यार्ड यो हप्ता पनि निकै व्यस्त देखिन्थ्यो । पर्वतेहरू नेपाली कलामा पञ्चेवाजामा तालमाताल मिलाउँदै कम्मर मकाएको दृश्य हेर्न लायक थियो । रमाइलो गर्ने क्रमलाई जोड्दै समाजले घैटो फुटाउने खेल समेत आयोजना गरेको थियो ।

निश्वार्थ सेवामा हाम्रो पर्वत राम्रो पर्वत नारा रहेको पर्वते कार्यक्रमा पुराना विषेश सहयोगी, कार्यसमिति र निर्वाचन समितिलाई सम्मान पत्रले सम्मान गरेको थियो । रमाइलोका लागी करिव १०० को हाराहारीमा देखिएका पवतेहरुको अनुहारमा खुसी त्यहाँ प्रष्ट देख्न सकिन्थ्यो । सामाजिक सेवामा आफ्नो कदमलाई अगाडी बढाउने क्रममा सदभाव र मेलामिलाव र भाइचाराको माया साट्ने उदेश्य समाजले पूरा गर्यो ।

समाजको साथ र सहयोगको लागि आफू सधै तत्पर रहने बताउँदै शुभकामना मन्तब्य दिएका प्रमुख अतिथि भट्टराईले पर्वतेहरूको प्रगतिको खुलेर तारिफ गरे ।

जिल्लालाई एतिहासिक सफल व्यावसायिक स्थान रहेको बताए । शुभकामना मन्तब्य दिने अतिथिहरूमा संस्थाका प्रतिनिधिहरू रहेका थिए ।

संस्थाका अध्यक्ष सविन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि संस्थाका सस्ंथापक सदस्य भुपति भट्टराई रहेका थिए ।

उपस्थिति सम्पूर्ण दर्शक अतिथिहरूलाई संस्थाका प्रथम उपध्यक्ष श्याम न्यौपानेले स्वागत गर्दै आफ्नो मन्तब्य राखेको कार्यक्रमको संचालन सचिव शेषराज तिमिल्सेनाले गरेका थिए ।