चितवन, २७ माघ । दुवै मृगौला फेल भएर अस्पतालमा उपचार गराईरहेका चरा विज्ञ दिनेश गिरीको उपचारको लागि आर्थिक सहयोग भएको छ ।
लालिगुरास साँस्कृतिक परिवार नेपाल–कुवेतका महासचिव तथा लोक गायक डिवी लोप्चनको अगुवाईमा कुवेतमा रहेका नेपालीहरुवाट संकलित रकम मध्यवाट मृगौलापिडित गिरीको उपचारको लागि २० हजार एक सय रुपैया आर्थिक सहयोग गरिएको हो ।
मंगलबार चितवनको बछौलीमा आयोजित कार्यक्रममा महासचिव लोप्चन र लायन्स क्लव अफ चितवन राइनो सिटीको अध्यक्ष राजाराम रेग्मीले सयुक्त रुपमा गिरीका भाई टिका गिरीलाई सो रमक हस्तान्तरण गर्नुभएको थियो ।
गिरीको उपचारको लागि १५ लाख रुपैया लाग्ने र आर्थिक अभावका कारण उपचारमा समस्या भएको भाई टिका गिरीले बताउनुभयो । यसैबीच लोप्चनले झुवानीका दृष्टिविहीन विद्यार्थीलाई पनि २१ हजार रुपैया सहयोग गरेका छन् ।
कार्यक्रम सम्पन्न गर्न स्थानीय स्तरमा लायन्स क्लव अफ चितवन राईनो सिटीले संयोजन गरेको थियो ।















प्रतिक्रिया