१ कार्तिक २०८३, शनिबार

तमु प्ये ल्हु संघ युएईको अध्यक्षमा भिम तमु

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

युएई । तमु प्ये ल्हु संघ युएईको अध्यक्षमा भिम लम (सबिनय) तमु सर्बसम्मत चयन भएका छन् । शुक्रवार दुबईमा सम्पन्न चौथो अधिवेशनले २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

संघको अध्यक्षमा भिम लम (सबिनय)तमु सर्वसम्मत हुँदा महेश लेम तमु वरिष्ठ उपाध्यक्ष चयन भएका छन् । यस्तै प्रथम उपाध्यक्षमा बिष्णु ङोप्छै तमुस्यो, द्धितिय उपाध्यक्षमा खेम प्हच्यु तमु, महासचिवमा सशिला भुच्चा तमुस्यो, सचिवमा देव क्रोम्छै तमु र धन टु क्ल्हेप्री तमु, कोषाध्यक्षमा बिनय सर्बजा तमु, सहकोषाध्यक्षमा देबि लेम तमुस्यो, महिला प्रमुखमा टीक माया तमुस्यो र प्रबक्तामा खड्क प्हच्यु तमु चयन भएका छन् ।

यस्तै सदस्यहरुमा अन्जु क्रोम्छै तमुस्यो, माया क्रोम्छै तमुस्यो, शिला तमुस्यो, निरु क्रोप्छै तमुस्यो, धर्म क्होला तमु, चेत टु क्लेप्री तमु, हर्क ल्हेगें तमु, याक क्यप्छै तमु, कर्म घले र सिर्जन धन तमु रहेका छन् ।

तमु समुदायको भाषा, धर्म, संस्कृति, परम्परा, भेषभुषाको संरक्षण, सम्वर्धन र विकासमा प्रवासबाट पनि योगदान दिने उद्देश्यले सन् २०१२ मा तमु प्ये ल्हु संघ युएईको स्थापना भएको हो ।