३० आश्विन २०८३, शुक्रबार

अमेरिकामा नेपालीहरूले गर्न लागेको आइडलको नियम र जजको नाम सार्वजनिक

6.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका । यही मे २५–२६ मा अमेरिकाको न्युयोर्कमा युनाईटेड नेपलिज एसोसिएशनले आयोजना गर्ने (यूएनए) चौथो सम्मेलनको विशेष कार्यक्रम (नेपाली अमेरिकन लिटल ट्यालेंट आइडल) को केही नियम र जजहरूको नाम सार्वजनिक गरिएको छ ।

नेपाली अमेरिकन लिटल ट्यालेन्ट आइडल अमेरिकामा बाहिर नदेखिएका र लुकेका र जष्ममभल को रुपमा रहेका युबा प्रतिभाहरु र ट्यालेन्टहरुलाई बाहिर ल्याउनको लागि हो ।

यही कार्यक्रमबाट ईच्छाशक्ति र अनुभव बटुलेर भोलि अमेरिकन आइडल अमेरिकन गड ट्यालेन्ट शोहरूमा जान सक्ने बाटो खोल्नको लागि समेत यो आयोजना गरिएको आयोजकहरूले जनाएका छन् ।

नेपाली अमेरिकन लिटल ट्यालेन्ट आईडलमा अमेरिका जस्तो ब्यस्त र ठूलो भूगोलमा सबैलाई समेट्ने काम पक्कै पनि सजिलो नरहेको आयोजकले जनाएका छन् ।

तैपनि यसलाई अलि सहज बनाउन यस्को लागि हरेक राज्यमा वा नेपालीहरुको बाक्लो बस्ती रहेको राज्यमा अमेरिकी नेपाली समाजका सुपरिचित ब्यक्तिहरु मध्येबाट एक जना जज र निर्णयकर्ता चुनेको जनाइएको छ ।

कार्यक्रममा प्रतिभा भएका ७ वर्षदेखि १६ वर्षसम्मको उमेरका बालबालिका मात्रलाई समाबेस गर्नुपर्ने हुन्छ ।

निर्णयले राज्यका सम्पूर्ण प्रतिस्पर्धीहरुबाट उत्कृष्ट ३ जनालाई मात्र छानेर सांस्कृतिक टिम न्युयोर्कलाई पठाउनेछन् ।

१. टेक लामा, शिला आले – क्यालिफोर्निया, लसएन्जलस

२. डा.चिरन्जीबी भट्टराई – नर्थ क्यारोलाईना

३. नबराज श्रेष्ठ – कोलोराडो

४. सुशील बिश्वकर्मा – ओहायो

५. मोहन थापा – बाल्टिमोर

६. विमल डाँगी – न्यूयोर्क

७. पविता परियार – न्यू ह्यमसर

८. सुरेश वाग्ले – बोस्टन

९. घनश्याम खडका – कनेक्टिकट

१०. मीन दर्लामी, भुवन राई – सिकागो)

११. समीर बुढाथोकी – न्यूजर्सी

१२. अनुपमा प्रसाइँ – भर्जिनिया

१३. देबराज कंडेल – नेब्रास्का

१४. लोक छन्त्याल – पेन्सिलभेनिया

१५. रबीसिं बस्नेत – सन्फ्रान्सिस्को

१६. रमेश पौडेल – टेक्सास

१७. गीता शाही – नर्थ डकोटा

१८. बिक्रम घिमिरे – केण्टकी

राज्य सेमि फाईनल जजहरू

१. बिजय नकर्मी

२. धर्मबीर लामा

३. जगदीश समाल मगर

न्यू योर्क अडिसन फाईनल जजहरू

१. निशा सुनार

२. बिमल डांगी

३. रमेश सुनुवार

४. तिलक बम मल्ल

५. सपना श्री