२९ आश्विन २०८३, बिहिबार

होटेलमा बन्यो १६ सय व्यक्तिका अश्लील भिडियो

69.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन । दक्षिण कोरियाका ३० भन्दा बढी होटलका कोठामा गोप्य क्यामरा राखेर झण्डै १६ सय व्यक्तिको अश्लील भिडियो बनाएको खुलेको छ । यो घटनामा संलग्न चार व्यक्ति पक्राउ परेका छन् ।

टिभी, हेयर ड्रायरको होल्डर र सोकेटमा क्यामरा लगाएर भिडियो बनाउने गरेका पुरुषहरुले यसबाट ६ हजार डलर भन्दा बढी आय गर्ने गरेका थिए ।

उनीहरुमाथि अनुसन्धान भइरहेको र दोषी पाइएमा १० वर्षसम्मको जेल सजाय र २६ हजार डलर भन्दा बढी जरिवाना हुनेछ ।

लुकाइएका क्यामराबाट खिचिएका भिडियोलाई उनीहरुले सेक्स टेप वा निउड टेपको रुपमा बिक्री गर्ने गरेका थिए ।

उनीहरुले गएको अगस्टमा दक्षिण कोरियाका १० शहरमा रहेका ३० होटलका कोठामा एक एमएमको लेन्ससहितको क्यामरा लगाएका थिए । नोभेम्बरमा उनीहरुले वेब साइट बनाए, जसमा पूरा भिडियो हेर्नका लागि पैसा तिर्नु पर्ने र ३० सेकेण्डको भिडियो बिना शुल्क हेर्न पाउने व्यवस्था थियो ।

उनीहरुले वेब साइटमा ८०३ वटा भिडियो पोस्ट गरेका थिए । यहि मार्चमा साइट बन्द गर्दासम्म उनीहरुले ९७ जना शुल्क तिर्ने सदस्य थिए ।