सर्वत्र विश्वभरी भारतीय प्रधानमन्त्री मोदी प्रख्यात भएका छन् । तर, दिल्लीमा उनको पार्टीलाई जनताले मन पराएनन् । केजरीवालको शानदार विजयी र पुराना पार्टीहरुको शर्मनाक पराजयले भारतमा नयाँ युग सुरु भएको अनुमान गरिएको छ ।
कमलराज भट्ट / समाचार टिप्पणी
- दैनिक नेपाल डेस्क
काठमाडौं, २७ माघ । भारतमा एकपछि अर्काे गर्दै सफलताको बाटोमा लागेका ‘चिया व्यापारी’ प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिमा अहिले उथलपुथल आउने सम्भावना बढेको छ ।
भारतमा हुँदै नभएका नयाँ–नयाँ काम गर्ने प्रतिबद्धताका साथ लोकसभामा बहुमत ल्याएको सत्तारुढ दल भारतीय जनता पार्टीले चिया व्यापारी नरेन्द्र मोदीलाई प्रधानमन्त्री बनायो । मोदीले नयाँ कामको थालनी गरेर जनतामाझ चर्चित भए । अहिले पनि उनको चर्चा कम छैन् ।
भारतका सबै राज्यमा बहुमत ल्याएको भाजपाले दिल्ली भने हातबाट गुमाएको छ । गतवर्ष दिल्लीमा डेढ महिना मुख्यमन्त्री बनेर हाइहाई पाएका आम आदमी (आप) पार्टीका संयोजक अरविन्द केजरीवालको प्रभावले भाजपाले दिल्लीमा विपक्षीको रोल पनि खेल्न नपाउने भएको छ । ७० सिटमा केजरीवालले ६५ सिट आफ्नो कब्जामा पारेका छन् ।

सर्वत्र विश्वभरी भारतीय प्रधानमन्त्री मोदी प्रख्यात भएका छन् । तर, दिल्लीमा उनको पार्टीलाई जनताले मन पराएनन् । उनको राजनीति पार्टीसँग जोडिएको छ । व्यक्तित्व पनि एउटा पाटो हो । देशकै राजधानी दिल्लीको मतपरिणामले उनलाई राष्ट्रिय राजनीतिमा ठुलो झट्का दिएको छ ।
केन्द्रीय सरकारका प्रमुख भएपनि केन्द्रीय राज्य दिल्लीले उनलाई स्वीकार नगरेको अहिले ताजा जनादेशले देखाएको छ । केजरीवालले मुख्यमन्त्री पदको सपथ लिएपछि मोदीको प्रख्यातीमा कमी आउने निश्चित छ । मोदीको राजनीतिक प्रख्यातता केजरीवालले कब्जा गर्ने पक्का छ ।
किनकी केजरीवाल ‘आम आदमी’ हुन् । मोदी ‘आम आदमी’ भन्दा माथि छन् । केजरीवालले जनताको विश्वासलाई अझै दृढताका साथ जित्न सके भारतमा चलिरहेको मोदी राज अब केही समयमै सकिनेछ । केजरीवालको शासनले नेपाललाई पनि फाइदा पुग्ने विश्लेषण छ ।
केजरीवालले अहिले मोदीको राजनीतिक तरङ्गलाई पछ्याउने आकंलन गरिएको छ । लोकसभा चुनावमा मोदीसँग हारेका केजरीवाल दोस्रोपटक दिल्लीको मुख्यमन्त्री बन्ने पक्का भएपछि मोदीलाई झट्का लाग्ने निश्चित भएको हो । केजरीवालको शानदार विजयी र पुराना पार्टीहरुको शर्मनाक पराजयले भारतमा नयाँ युग सुरु भएको अनुमान समेत गरिएको छ ।
















प्रतिक्रिया