८ कार्तिक २०८३, आइतबार

नख्खु घटनामा प्रयोग भएको विस्फोटक घातक

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ चैत । ललितपुर नख्खुमा भएको विस्फोटमा ‘नियो जेल नाइन्टी’ प्रयोग गरेको पाइएको छ। यस्तो टाइम बम (टाइम डिभाइस) अत्यधिक क्षमताको र खतरनाक मानिन्छ। गत फागुन १० मा नख्खुमा भएको विस्फोटमा एकजनाको ज्यान गएको थियो। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

नियो जेल नाइन्टी एमुनियम नाइट्रेटबाट बनेको विस्फोटक पदार्थ हो। यस्तो विस्फोटक पदार्थ नेपाल र भारतमा सुरक्षा निकायको सिफारिसबिना खरिदबिक्री गर्न पाइँदैन।

सुरक्षा निकायका अनुसार नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका कार्यकर्ताले डेटोनेटरलगायतका आवश्यक सामग्री प्रयोग गरी नख्खुमा विस्फोट गराएका थिए। सोही दिन कमलपोखरीमा नेपाली सेनाले निष्क्रिय गरेको बममा पनि नियो जेल नाइन्टी प्रयोग गरिएको थियो। विप्लव समूहले कमलपोखरीमा राखेको बम ७ किलोग्रामको थियो। पे्रसर कुकरभित्र नियो जेल नाइन्टी, डेटोनेटर र पाँचवटा ब्याट्री राखिएको थियो। रिमोट कन्ट्रोल प्रणालीमा राखिएको उक्त बम विस्फोट हुन पाएन। विस्फोट भएको भए नख्खुको भन्दा बढी जनधनको क्षति हुने सुरक्षा अधिकारीले बताए।

सैनिक प्रवक्ता यामप्रसाद ढकालले नख्खु र कमलपोखरीमा राखिएको बममा नियो जेल नाइन्टी प्रयोग भएको बताए। ‘नियो जेल सडक र सुरुङ निर्माण गर्दा ठूला पहाड र चट्टान फुटाउन प्रयोग हुन्छ। त्यसैले यो सर्वसाधारणको पहुँचबाहिर हुन्छ,’ ढकालले अन्नपूर्णसँग भने, ‘बेलैमा सूचना पाएकाले सेनाले डिस्पोज ग¥यो। नत्र नख्खुको भन्दा धेरै क्षति हुन सक्थ्यो।’

चन्द समूहले कसरी र कहाँबाट यस्तो घातक विस्फोटक पदार्थ नेपाल भिœयायो अनुसन्धानको विषय बनेको छ।

भारतमा सुरुङ, सडक निर्माणलगायतका परियोजनामा नियो जेल विस्फोटक पदार्थ प्रयोग हुँदै आएको छ। नेपाली सेनाले विभिन्न परियोजना निर्माणका लागि हेटौंडास्थित सुनाचुरीमा विस्फोटक पदार्थ उत्पादन गर्दै आएको छ। निजी कम्पनीले नेपाली सेनाको सुपरीवेक्षणमा मात्र विदेशबाट विस्फोटक पदार्थ ल्याउँछन्।

स्रोतका अनुसार नेपालमा नियो जेल नाइन्टी आयात हुँदैन। भारतको हैदराबादमा सन् २००७ को अगस्टमा भएको आक्रमणमा पनि आतंककारीहरूले नियो जेल नाइन्टी प्रयोग गरेका थिए।

विप्लव समूहले भारतका विभिन्न स्थानबाट नियो जेल नाइन्टी विस्फोटक पदार्थ खरिद गरी बम बनाउन प्रयोग गरेको सुरक्षा निकायको दाबी छ। स्रोतका अनुसार विप्लव समूहले नियो जेल नाइन्टी भारतका विभिन्न स्थानबाट खरिद गरी नेपाल भिœयाएको हो। नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै चिन्द समूहले विस्फोटक पदार्थ भारतबाट ल्याउने गरेको छ।

पछिल्ला दिनमा सर्वसाधारणलाई आतंकित बनाउने उद्देश्यले चन्द समूहका कार्यकर्ताले राजधानीलगायत मुलुकका विभिन्न स्थानमा राखेका बममा नियो जेल नाइन्टी प्रयोग गरेको पाइएको छ।

सर्वसाधारणको पहुँचमा नभएको उक्त विस्फोटक पदार्थ चन्द समुहको सहजै खरिद गर्नु रहस्यमय विषय बनेको छ। सुरक्षा स्रोतले चन्द समूहले भारतबाट कसरी विस्फोटक पदार्थ काठमाडौंसम्म ल्यायो भन्नेबारे केही तथ्य फेला नपरेको जनायो। सीमा क्षेत्र र राजधानी भित्रिने मुख्य नाकाको सुरक्षा संयन्त्र फितलो हुँदा विप्लव समूहलाई विस्फोटक पदार्थ भिœयाउन सहज भएको जानकारले बताएका छन्।