१ कार्तिक २०८३, आइतबार

हस्तलिखित पासपोर्ट बाहकलाई तीन महिना राहत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

MRP-Nepali-Passportकाठमाडौं, २७ माघ । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारलाई अझै तीन महिना हस्तलिखित राहदानी प्रयोग गर्न दिने भएको छ ।

एक वर्षयता सरकारले हस्तलिखित राहदानी प्रयोग गर्न दिने म्याद थप्दै आएको छ ।

यसअघि नेपालले सन् २०१४ पछि अनिवार्यरुपमा विदेश जाने कामदारलाई मेसिन रिडेबल पासपोर्ट (एमआरपी) प्रयोग गर्नुपर्ने भनिएकोमा यो अवधि फेरि बढाइएको हो ।

अब अप्रिलपछि भने कुनै पनि हालतमा समय थप नगिरिने सम्बद्ध अधिकारीहरुले जानकारी दिएका छन् ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले सन् २०१५ नोभेम्बर २४ देखि अनिवार्य रुपमा एमआरपी लागू गर्ने तीन वर्षअघि निर्णय गरिसकेको छ ।

आगामी नोभेम्बरदेखि अनिवार्य गर्नुपर्ने भएकाले नेपालले त्यसभन्दा पहिलेदेखि नै एमआरपी कार्यान्वयनमा ल्याउन पहल गरेको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा छ । यसका लागि एक वर्षदेखि प्रयास गरे पनि अहिलेसम्म कार्यान्वयनमा ल्याउन सकेको छैन् ।

करारपत्र तथा भिसा आइसकेका व्यक्तिलाई रोजगारीमा जान दिनबाट नरोक्न बारम्बार म्याद थप्नुपरेको सरकारको दाबी छ ।

म्यानपावर व्यवसायीले पनि विभिन्न बाहना देखाएर हस्तलिखित राहदानीमा जान दिन सरकारलाई दबाब दिने गरेका छन् ।