१ कार्तिक २०८३, शनिबार

अमेरिकामा नेपाली डायस्पोरा लगानी कोष कम्पनी संचालन

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विजय थापा

वाशिंगटन डिसी । अमेरिकामा नेपाली डायस्पोरा लगानी कोष (एनडिआईएफ) कम्पनी स्थापना भएको छ । अमेरिकाका विभिन्न राज्य तथा शहरमा बसोबास गर्ने र विभिन्न पेशामा संलग्न व्यक्तिहरुले संचालनमा ल्याएका छन् ।

अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत उक्त प्रतिष्ठानका पदाधिकारीहरुले जानकारी गराएका छन् । उक्त पत्रकार भेटघाट कार्यक्रम मार्फत विभिन्न पदाधिकारीहरुले प्रतिष्ठानको पृष्ठभूमि ,परिचय ,उद्धेश्य ,योजना ,वर्तमान पदाधिकारीको परिचय दिनु को साथै बिभिन्न बिषयमा संचारकर्मी तथा सहभागीहरुले राखेका जिज्ञाशाको उत्तर दिएका थिए ।

उक्त सम्मेलनमा छापा बिज्ञप्ति जारी गर्दै मार्फत संयुक्त राज्य अमेरिकामा बसोवास गरिरहेका नेपाली पेशाकर्मीहरुले नेपाली डायस्पोरा लगानी कोष ९ल्म्क्ष्ँ ० नामक सामूहिक लगानी गर्न सकिने कम्पनी स्थापना र संचालन गरेको घोषणा गरेका थिए ।

नेपाल, क्यानाडा, लगायत विश्वका विभिन्न मुलुकहरुमा शाखा कार्यालयहरु खोल्दै जाने उद्देश्यका साथ गठन गरिएको कम्पनी भर्जिनिया राज्यमा स्टक कर्पोरेशनको रुपमा जनवरी २०१९ मा दर्ता गरिएको हो ।

नेपालमा रहेका नेपालीहरुको जीवनमा परिवर्तन ल्याउने तथा लाखौंको संख्यामा रहेका डायस्पोराका नेपालीहरुलाई प्रतिफल प्राप्त हुने गरी सामूहिक लगानीको अवसर उपलब्ध गराउनु हाम्रो प्रमुख उद्देश्य हो । हामी भविष्यमा विश्वभर लगानीका विविध संभावनाहरुको खोजी गर्ने योजनामा रहेका छौं । ल्म्क्ष्ँ मुख्यतया डायस्पोरा नेपालीहरुको स्वामित्वमा उनीहरुद्वारा नै सन्चालित रहने भएता पनि हामी अन्य सरोकारवालाहरु समक्ष समेत लगानीको लागि खुला गर्नेछौं भनि छापा बिज्ञप्तिमा जनाइएको छ ।

साथै एनडिआईएफ ले प्रमुख रुपले नेपाल सरकारले प्राथमिकता क्षेत्र भनी निर्धारण गरेका स्वच्छ ऊर्जा, पूर्वाधार, पर्यटन, प्रविधि र कृषि उद्योग जस्ता क्षेत्रहरुका साथै उच्च सामाजिक आर्थिक प्रभाव पार्ने र दिगो प्रतिफल दिने अन्य उत्पादनमूलक क्षेत्रहरुमा समेत लगानी विस्तार गर्नेछ भनि जनाएको छ ।

हामीले बढ्दो संख्यामा रहेका नेपाली डायस्पोरामा विद्यमान रहेको लगानीको विशाल संभावनालाई उजागर गर्ने र यसलाई विकासको महत्वपूर्ण साझेदारको रुपमा स्थापित गर्ने लक्ष्य राखेका छौं ।

एनडीआईएफ ले १० करोड कित्ता शेयर प्रति शेयर मूल्य १० डलरका दरले जम्मा १ अरब डलरको शेयर निस्कासन गरेको जनाएको छ । हाल हामी प्राइभेट प्लेस्मेण्टबाट ए वर्ग र बि वर्गका कमन स्टक जारी गर्न गइरहेका छौं । साथै एनडीआईएफ संयुक्त राज्य अमेरिकाको सेक्युरिटी ऐन १९३३ बमोजिम संयुक्त राज्य अमेरिका तथा अन्य मुलुकहरुबाट इक्विटी शेयरका प्राइभेट प्लेस्मेण्टका लागि संयुक्त राज्य अमेरिकि सेक्युरिटी एण्ड एक्स्च्यान्ज कमिशन ९एसईसि ० मा रेगुलेशन डी फाराम दर्ता गराइसकेको जनाएका छन् ।

ए वर्गका कमन स्टकका लागि न्युनतम शेयर खरिद प्रति शेयर १० डलर पर्ने १००० वटा शेयर गरी जम्मा १० हजार डलर मूल्य बराबर तथा बि वर्गका लागि न्युनतम प्रति शेयर १० डलरका दरले १०० शेयरको जम्मा एक हजार डलर मूल्य पर्ने शेयर खरिद गर्नु पर्ने प्रावधान राखिएको छ ।

कर्पोरेट सामाजिक उत्तरदायित्वको रुपमा खुद नाफाको बढीमा ५ प्रतिशत रकम स्वास्थ्य, शिक्षा तथा सर्वांगीण मानव विकास लगायतका क्षेत्रमा सामाजिक योगदानका लागि छुट्याउने लक्ष्य राखेको जनाएका छन् ।

पत्रकार सम्मेलन मार्फत सामाजिक क्षेत्रका कामहरुको विस्तार गर्ने उद्देश्यले विभिन्न नेपाली सामाजिक संघसंस्थाहरुसँग मिलेर सहकार्य गर्ने छौं भनि समेत उल्लेख गरेका छन् ।